Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सैनिक सहयाेग सुचारू गर्ने चीनका रक्षामन्त्रीकाे प्रतिवद्वता (भिडियाे सहित)

 

 

 

-->

नेपालकाे एकिदने कार्यगत भ्रमणमा रहेका चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेइ फेङगेले नेपाल बसाइमा सबैभन्दा लामाे समय सैनिक मुख्यालय जंगी अड्डामा बिताएका छन्। 

 

नेपाली सेनाकाे सम्मान गारत ग्रहण गरेका रक्षामन्त्री फेङगेले त्यसपछि  प्रधान सेनापति पूर्णचन्द्र थापासंग प्रधान सेनापति कार्यालयमा भेटवार्ता  गरे । उक्त भेटवार्ताको क्रममा आपसी हित तथा द्विपक्षीय सैनिक सहकार्यको सम्बन्धमा छलफल भएको थियो ।

 

भेटवार्ता पछि उहाँ सहीतको प्रतिनिधि मण्डलसमक्ष नेपाली सेनाको इतिहास र वर्तमान भूमिकाका बारेमा छोटो श्रव्य-दृश्य सामग्री प्रस्तुत गरिएको थियो ।

 
तत्पश्चात चिनियाँ प्रतिनिधिमण्डल र नेपाली सेनाबीच आपसी हितका विषयहरुमा छलफल भएको थियो जसमा मुख्यत: कोभिड-१९ महामारीका कारण प्रभावित भएका तालिम तथा शिक्षार्थी आदानप्रदानका कार्यहरुलाई सूचारु गर्ने तथा विगतमा सहमति भएका सैनिक सहायता प्राप्ति सम्बन्धी प्रगतिको बारेमा छलफल भएको थियो । छलफलको दौरान परराष्ट्र मन्त्रालयका प्रतिनिधि समेतको उपस्थिति रहेको थियो ।

 

रक्षामन्त्री जनरल वेई  र उहाँको प्रतिनिधिमण्डलले दुवै विषयहरुलाई सकारात्मक रुपमा लिइ उच्चस्तरीय भ्रमण लगायतका द्धिपक्षीय सहयोगका कार्यहरु यथाशिघ्र सुचारु गर्ने बारेमा आश्वासन दिए । 

 

 जनरल वेई ले नेपाली सेनाको कोभिड-१९ महामारी विरुद्धको प्रतिकार्यको सहयोगका लागि समेत प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै