Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

एआईजी पालद्वारा हिरासतभित्र ‘पुस्तक कर्नर’ को शुभारम्भ

महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले महानगरीय प्रहरी परिसर, ललितपुर निरीक्षणको गरेका छन्।

 

सोक्रममा उनले हिरासत कक्ष भित्र थुनुवाहरूको प्रयोजनको लागि स्थापना गरिएको किताब कर्नरको पनि शुभारम्भ गरे। त्यसक्रममा उनले केही थान पुस्तकहरु समेत प्रदान गरेका थिए।

May be an image of one or more people, people standing and outdoors

निरीक्षणका क्रममा पालले प्रहरीलाई नागरिक मैत्री सेवा प्रदान गर्न निर्देशन समेत दिएका छन्। पालले प्रहरीको आचरण व्यवहार असल हुनु पर्ने र नागरिकलाई सहज ढंगले सेवा प्रदान गर्न निर्देशन दिए।

May be an image of 1 person, standing and indoor

कार्यक्रममा ललितपुर परिसर प्रमुख एसएसपी किरण बज्राचार्यसहित प्रहरी अधिकारीहरु सहभागी थिए।

May be an image of one or more people, people standing and outdoors

प्रतिक्रिया

सम्बन्धित समाचार सबै