Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु

धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मुखियापट्टि मुसहरनिया–६ लक्ष्मीपुरका पाँच बालिकाको आज दिउँसो पोखरीमा डुबेर मृत्यु भएकोे छ । 

 

दिउँसो १२ः०० बजेको समयमा घर नजीकैको पोखरीमा नुहाउन गएका बालिकाहरुको पानीमा डुबेर मृत्यु भएको हो ।     

 

मृत्यु हुनेमा स्थानीयवासी पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी र उतिम साह तेलीकी १२ वर्षीया छोरी ललिताको मृत्यु भएको प्रहरीले जनाएको छ ।  
 

प्रतिक्रिया

1
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै