
सशस्त्र प्रहरी बल नेपालका दुई डीआईजी पदावधिका कारण आजदेखि अनिवार्य अवकाशमा जाँदैछन् । डीआईजीहरु खड्गजीत राई र मन्दीप श्रेष्ठले डीआईजीको चार वर्षे पदावधिका कारण अवकाश पाएका हुन् ।
उनीहरु दुबैलाई सँगठनले औपचारिक बिदाई गर्ने वा पछि गर्ने निर्णय हुन् सकेको छैन् ।
सशस्त्र महानिरीक्षक शैलेन्द्र खनाल भारतमा उपचाररत रहेकाले दुबैं डीआईजीहरु आफु कार्यरत रहेकै इकाईबाट बिदाई हुने बल मुख्यालय स्रोतले जनाएको छ ।
डीआईजी राईको सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा दरबन्दी थियो भने डीआईजी श्रेष्ठ हाल सशस्त्रका प्रवक्ता थिए । डीआईजीको ४ वर्षे कार्यकाल गत वर्षको २६ माघमा पूरा गरेका उनीहरुको १ वर्षे कार्यकाल थपिएको थियो । सशस्त्र प्रहरी नियमावली अनुसार उनीहरुको पदावधि थप गरिएको थियाे ।
तर, उनीहरुको ३० वर्षे सेवा अवधि पुग्न भने अझै ३ वर्ष ७ महिना बाँकी नै थियो । सशस्त्र प्रहरीमा पछिल्लो समय एआईजी दरबन्दी थपको कुरा भइरहेको हुँदा उनीहरु पनि बढुवाको दाबेदार थिए । यदी पद सृजना भएकाे भए सशस्त्रकाे नेतृत्वमा राई पुग्ने निश्चित प्राय थियाे ।
तर, सरकारले एआईजी दरबन्दी थपको लागि निर्णय नगरेपछि उनीहरु घर फर्कनु परेको हो । हाल सशस्त्र प्रहरीमा २ एआईजी दरबन्दी छ । त्यसअघि सशस्त्रमा ३ एआईजीको दरबन्दी थियो ।
एआईजी नारायणबाबु थापाको अवकाशसँगै उक्त दरबन्दी पनि खारेज भएको थियो । हाल सरकारले एउटा दरबन्दी थप गर्न खोजेको थियो ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit