Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

अदालतको अवहेलना मुद्दामा जवाफ दिन सर्वोच्चमा दाहाल


नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल अदालतको अवहेलना मुद्दामा लिखित जवाफ दिन आज सर्वोच्च अदालत पुगेका छन् । 

 

प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनका क्रममा विराटनगरमा आयोजित सभामा अदालतको मातनहानि हुने गरी अभिव्यक्ति दिएको भन्दै दाहालविरुद्ध सर्वोच्चमा रिट निवेदन दायर गरिएको थियो । 

 

‘हामीले धैर्यतापूर्वक सर्वोच्चले संविधानको मर्म र भावना अनुसार लोकतन्त्रको मर्म र भावना अनुसार, यो देशको जनताको भावना र आवश्यकता अनुसार गर्छ भनेर भरोसा गरेर बसेका छौं’, दाहालले भनेका थिए, ‘जरूरी प¥यो भने म आज विराटनगरबाट भन्दै छु । देशैले सुने हुन्छ, जरूरी प¥यो भने हामी संसदको बैठक बस्छौं र यस्ता अपराधीहरूलाई कारबाही गर्छौं ।’

 

अधिवक्ता समिर हायुले अवहेलनाको निवेदन दायर गरेका थिए । न्यायाधीश मनोजकुमार शर्माको एक इजलासले गत बुधबार सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

संसद् विघटनको रिट प्रधानन्यायाधीशको इजलाशमा

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई विपक्षी बनाएर १ दर्जन रिट दायर भएका छन् ।

फाल्गुण १६, २०७७