Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

एमसीसी सहायता रोकिए सरकारकै लगानीमा परियोजनाः राष्ट्रिय योजना आयोग 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल । 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन)  सहायता नआए सरकारले आफ्नै लगानीमा भएपनि परियोजना कार्यान्वयन गर्नुपर्ने बताएका छन् । 

 

एमसीसीका बिषयमा राजनीतिक रुपमा पक्ष र विपक्षमा धारणा बनाउँदा परियोजना आफै गलत हो की भन्ने भ्रम पनि सिर्जना भएको उपाध्यक्ष कँडेलले बताए । 

 

परियोजनाको राजनीनिक पक्ष जे जस्तो भएपनि केही वर्ष भित्र विद्युतको ठूलो राष्ट्रिय प्रशारण लाइन आवश्यक पर्ने भएकोले सरकारले एमसीसी स्वीकृत नभएपनि परियोजनालाई अगाडि बढाउनुपर्ने उनको धारणा थियो । 

 

न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उपाध्यक्ष कँडेलले एमसीसी परियोजना रुपान्तरणकारी आयोजनाको रुपमा १५ औं योजनामा समेत समावेस भइसकेकोले सरकारले परियोजना निर्माणको कार्यलाई तिब्रता दिएको बताए । तर देशको पूँजीको अपर्याप्तताको कारणले एमसीसी आवस्यक पर्ने देखिएको उनको भनाई थियो । 


उपाध्यक्ष कँडेलले राष्ट्रिय योजना आयोगले आफैले एमसीसी परियोजनालाई १५ औं योजनामा समावेस नगरेको पनि स्पष्ट पारेका छन्  । उर्जा मन्त्रालयबाट निर्णय भएर आएको परियोजनालाई आयोगले पहिचान गरी रुपमान्तरणकारी आयोजनामा समावेस गरेको उनले प्रष्ट पारे । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै