Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

टापु राज्य डोमिनिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित


नेपाल र क्यारेबियन मुलुक डोमेनिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यससँगै १६९ देशसँग नेपालको बाह्य सम्बन्ध विस्तार भएको छ ।     

 

कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्तावेजमा संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र डोमेनिकाका स्थायी प्रतिनिधि लोरिन रुथ बान्निस रोबर्टले न्युयोर्कस्थित नेपालको स्थायी नियोगमा आज हस्ताक्षर गरे ।     

 

त्यस अवसरमा दुवै राजदूतले पारस्परिक लाभका खातिर आपसी सम्बन्ध अझ विस्तार गर्ने सम्बन्धमा विचारविमर्श गरेको राष्ट्र संघका लागि नेपाली स्थायी नियोगले जनाएको छ ।     

 

नेपाल र डोमिनिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी दुवै देशका राजदूतले संयुक्तपत्रमार्फत राष्ट्र संघका महासचिव एण्टोनियो गुटरेसलाई दिएको बताइएको छ । सात सय ५० वर्गकिलोमिटर क्षेत्रफल करीब ७५ हजार जनसंख्या भएको टापु राज्य डोमिनिका र नेपाल समूह जी–७७ र असंलग्न आन्दोलनका सदस्य हुन् ।     
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै