Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

नापी कार्यालय सप्तरीका निमित्त प्रमुख घुससहित पक्राउ


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कर्यालय सप्तरीका निमित्त प्रमुख र एक जना लेखापढी व्यवसायी घुससहित पक्राउ गरेको छ ।

 

कञ्चनरूप नगरपालिका–४ स्थित कार्यालयका निमित्त कार्यालय प्रमुख सर्वेक्षक हरिचन्दर ठाकुर र लेखापढी व्यवसायी अरुण कुमार यादव १५ हजार घुससहित पक्राउ परेका हुन् । 

 

ठाकुरले जग्गाको कित्ताकाट गरी दिने भनि लेखापढी व्यवसायी यादवमार्फत् सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको सूचनाको आधारमा अख्तियारको इटहरी टोली उनीहरुलाई पक्राउ गर्न खटिएको थियो । 

 

दुवै जनालाई घुस लिइसकेको अवस्थामा नापी कार्यालयको छेउमै रहेको चिया पसलबाट पक्राउ गरेको अख्तियारले जनाएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

भ्रष्टाचारको आशंका गरिएको साग खेलकुदको यस्तो छ खर्च र आम्दानी विवरण 

दक्षिण एसियाली खेलकुद प्रतियोगितामा भ्रष्टाचार भयो भन्ने आशंकालाई चिर्दै राष्ट्रिय खेलकुद परिषद्ले खर्च तथा आम्दानीको सम्पूर्ण विवरण सार्वजनिक गरेको छ । 

माघ २४, २०७७