Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

मेरो कित्ता कार्यक्रमले अब नापीमा लामो लाइन लाग्नुपर्ने झन्झट हटाउँछ : भूमि व्यवस्थामन्त्री तुम्बाहाङ्फे (अन्तर्वार्ता)


सरकारले आजबाट मालपोत कार्यालयबाट दिइने नक्सा, प्लट रजिष्टर, फिल्ड बुकलाई डिजिटल गरी सेवाग्राहीको व्यक्तिगत पहुँचमा दिएको छ । अब जग्गाधनीले आफ्नो जग्गाको नक्सा आफै प्रिन्ट गर्न सक्छन् । पहिलो चरणमा काठमाडौं उपत्यकाको ८ वटा मालपोत कार्यालयहरुबाट यसको सुरुवात भएको छ । यसबारे भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारीमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेसँग गरिएको कुराकानीको सार : 

 

मेरो कित्ता कार्यक्रम के हो ? यसबाट जग्गाधनी र सरकारले कस्तो फाइदा लिन सक्छन् ? 

नापी विभागमार्फत मेरो कित्ता कार्यक्रम ल्याएका छौं । अहिले जति पनि नापी विभागमा नापनक्सा गर्ने सन्दर्भमा म्यानुअल्ली चलेको छ, त्यसलाई डिजिटलाइज गर्न यो कार्यक्रम ल्याइएको हो । जग्गाधनीले नक्साङ्कन, रेखाङ्कन लगायतका कुरालाई प्रिन्ट आफै एप्समा गई गर्न सक्छन् । 

 

यति काम गर्नलाई अब नापी कार्यालयमा गएर लामो लाइनमा बस्नुपर्दैन । आफ्नो काम छिटो गराउनलाई ठाउँठाउँमा पैसा खर्च गरिरहेको अवस्थालाई हामीले नियन्त्रण गर्न सक्छौं र जनताले जति रकम राजस्व बुझाउनु पर्ने हो त्यो बाहेक धेरै बुझाउनुपर्ने अवस्था आउँदैन । यो सेवामार्फत जुन रजिष्ट्रेसन फि बुझाउनुपर्ने हुन्छ, त्यो पनि अनलाइनबाटै बुझाउने व्यवस्था छ । 

 

व्यक्ति आफैले सेवा लिन सक्ने नसक्ने विषयमा चुनौती देखिन्छ । त्यस्तै सर्भरमा समस्या आएमा प्राविधिक हैरानी हुन सक्ने विषयमा मन्त्रालयको तयारी कस्तो छ ? 

डिजिटल नेपाल बन्दै, नयाँ प्रविधिलाई उपयोग गर्दै यसको माध्यमद्वारा जनतालाई सेवा प्रदान गरिरहदा सहज रुपले गर्ने भन्ने कुरा अगाडि नै घोषणा गरिसकेको अवस्था छ । कहिले सर्भर डाउन भयो भनिदिने, कहिलेकाहिं बत्ती छैन भनिदिने यस्ता खालको समस्या आउँछन् कि भनेर नै इन्टरनेटलाई सबै ठाउँमा विस्तार गर्ने भन्ने निर्णय सरकारले गरेर अगाडि बढिसकेको छ । 

 

त्यस्तो समस्या हामी हुन दिन्नौं । अहिले कम्प्युटर चलेन, बत्ति छैन, अथवा नेट छैन भन्ने तलका कार्यालयहरुमा कहिलेकाहिं देखिएको पनि छ । त्यस्ता कुराहरुलाई नियन्त्रण गर्नको लागि हामीले सबै कार्यालयहरुलाई निर्देशन गर्छौं र इन्टरनेटलाई पावरफुल बनाउने कुरामा सरकारले पनि निर्णय गरेको हुनाले सजिलै रुपमा कार्यान्वयन गर्न सकिन्छ । 

 

व्यक्तिले आफ्नो कुनै परिचय नम्बर अथवा कोड नम्बर पाएर आफ्नो जग्गा जमिनको नक्सा निकाल्न सक्छ । यो त्यही व्यक्ति हो, जग्गाधनी पुर्जा अनुसारको जग्गाको नक्सा हो या उसको स्वामित्व मा भएकै जमिन हो भनेर कसरी थाहा हुन्छ ?

यो चिन्न सजिलै छ । अहिले म्यानुअल्ली जति काम गरेका छौं त्यहाँ उसको तीन पुस्ता उल्लेख गरिएको हुन्छ, उसको नागरिकता नम्बर उल्लेख गरिएको हुन्छ, उसको बसाई ठेगाना सबै उल्लेख गरिएको हुन्छ । त्यो म्यानुअललाई हामीले प्रविधिमैत्री बनाएको मात्रै हो । यो फरक खालको कार्यक्रम अथवा प्रोजेक्ट होइन । अहिलेको प्रणालीमा जे छ त्यही कुरा डिजिटलाइज गरेर अगाडि बढिएको मात्रै हो । त्यसैले यस्ता समस्याहरु आउँदैन । 

 

यो कार्यक्रमबाट सेवा, समय बचत हुन्छ भन्नुभयो । त्यसो भए नापी कार्यालयले यो बचतबाट अर्को के काम गर्न सक्छ ? 
 

समय बचत भयो भने अर्थात अहिलेको कर्मचारीको हकमा कुरा गर्नुभएको हो भने म्यानुअललाई प्रविधि मैत्री बनाएर कम्प्युटरमा बसेर काम गरिदिन्छ । अहिले पनि तपाई कुनैपनि नापी कार्यालयमा जानु भयो भने त्यहाँ पनि देख्नुहुन्छ, भित्र कर्मचारीले चलाईराखेको हुन्छ बाहिर मेरो कित्ता कहाँ छ कसैन कसैले हेरिराखेकै हुन्छ । त्यसो गर्दा भीड कम हुने हुन्छ । 

 

अहिलेको हाम्रो बेथिति के छ भने सेवाग्राही भन्ने त्यसबाहेक पनि थप अरु पनि हाम्रा सहयोगी साथिहरु पनि भित्र पस्ने भिड हुने खालका कुरालाई नियन्त्रण गर्न सकिन्छ । अब के फाइदा हुन्छ भने, व्यक्तिले आफ्नो समय बचत गर्ने भयो, व्यक्तिलाई लाइन लाग्नु पर्ने भएन, आफ्नो कुरा आफै जानकारी लिन पनि सजिलो भयो, कार्यालय धाउन परेन, कार्यलयमै पुगेर हेरिरहनु परेन । उसले आफै हेर्न सक्ने हुन्छ र व्यक्ति र सरकारी कर्मचारीले म्यानुअल्ली कम्प्युटरमा काम गर्छ उसको समय त्यहिं गइहाल्छ तर प्रत्येक व्यक्ति व्यक्ति हुनुहुन्छ उहाँहरुलाई आफ्नो समयको बचत हुन्छ । 

 

अब सबै विभागीय कामकारबाहीको मूल नेतृत्व तपाईं, र तपाई अन्तर्गत नै धेरै कुराहरुको अनुगमन मूल्याङ्कनका कुराहरु हुन्छन । यो कार्यक्रमको मूल्याङ्कनको विधि कस्तो हो ? कसरी अनुगमन गर्नुहुन्छ ? 

सबैभन्दा पहिले हाम्रो कार्यालयहरुमा भीड कम हुनुप¥यो । एउटा मापदण्ड त्यो पनि हुन्छ र देखिन्छ पनि । कसरी हेर्ने भन्ने कुरामा हामीले त्यो प्रणालीलाई जोडेर अझै पनि सबै जिल्ला जिल्लामा भएका कार्यालयहरुमा के गतिविधिहरु हुँदै छ भनेर दैनिक गतिविधिहरु हेर्नलाई हाम्रो सफ्टवेर छ त्यो सफ्टवेर हेर्छौं । यहाँ हामीले टिभी राखेका छौं सबै फुटेजमा के आउँछ, दिनभरी कर्मचारी के गर्दैछ, लेखापढिहरु के कति प्रवेश गरिरहेको छ, सबै कुराहरु अहिले पनि यहीं केन्द्रमै बसेर हेरिरहेको अवस्था छ । अहिले पनि मैले कुन कार्यालयमा, कुन जिल्लामा कहाँ के हुँदैछ भन्ने कुरा हेरिरहेको छु । 

 

यही नाप नक्साको प्रिन्ट गर्न सकिने भन्ने कुरामा कहाँ के भइरहेको छ भनेर हेर्न सकिने प्रविधिलाई हामीले उपयोग गरेका हौं । जसको कारणले गर्दा बेथिति कहाँ के कति बढ्दै छ भन्नेकुरा यहींबाट हेर्न सकिने भयो । कुनै जिल्लाको कार्यालयमा यस्तो भइरहेको छ भन्ने यहाँबाट हेर्दाखेरी देख्ने वित्तीकै त्यहाँ सोधपुछ गर्ने काम हामी तुरुन्तै गर्छौं । त्यसमा करेक्सन गर्ने काम हामी तुरुन्तै गर्न सक्छौं । 

 

सेवाग्राहीलाई कतै आर्थिक भार पर्छ कि, अथवा उसलाई अरु झन्झट पर्न सक्ने हुन्छ कि, यसबारे अरु कुनै व्यवस्था छ ?
 

प्रिन्ट गर्दाखेरी उसले दिनुपर्ने पैसा त तिर्नु परिहाल्छ । जस्तै सेवाग्राहीले मैले कुनै नक्सा प्रिन्ट गरेँ भने मैले कति तिर्नुपर्छ भन्ने खालको हुन्छ त्यो ई–सेवा लगायतका माध्यमबाट भुक्तानी गरिदिन्छ । प्रिन्ट गर्नुपर्ने हकमा उसले पहिले नै चार्ज तिरिहाल्छ बाँकी मेरो कित्ताको सन्दर्भमा के छ ?, मेरो कित्ता कहाँ कहाँ छ ?, कुन अवस्थामा छ ? भन्ने कुरा आफै हेर्छ यिनै सेवाहरु जनताले लिन सक्छन् । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

चीनका रक्षामन्त्री वेइ फेङहे काठमाडौंमा, सूचनाको आदानप्रदान र  सैन्य सहकार्य मुख्य एजेण्डा

नेपालको आठघण्टे कार्यगत भ्रमणका लागि काठमाडौंमा रहेका चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर  वेइ फेङहे का मुख्य एजेण्डामा कानून कार्यन्वयन गर्ने दुबै देशका निकायबिच सूचन...

ब‌ैशाख २, २०७८