Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

इथियोपियामा बन्धुकधारीको आक्रमणमा परि ३० जनाको मृत्यु

इथियोपियामा बन्धुकधारीको आक्रमणमा परि ३० जना नागरिकको ज्यान गएको छ । 

 

इथियोपियाको शासकिय क्षेत्र ओरामियामा बुधबार राति भएको आक्रमणमा परि स्थानीयको ज्यान गएको अलजजिराले जनाएको छ ।

 

स्थानीय ५० वर्षीय कृषक वोसन एन्डएजका अनुसार बन्धुकधारीले स्थानीयलाई एक ठाउँमा जम्मा गरेर अन्धाधुन्ध गोली चलाएका थिए । 

 

उक्त घटना राति ९ बजेपछि भएको उनले बताएका छन् । पछिल्लो समय इथियोपियाको जातिय हिंसामा यस्ता थुप्रै घटना भएका छन् ।
 

सुरक्षाकर्मी नभएको मौका पारी बन्धुकधारीहरु गाउँमा पसेको उनले जनाएका छन् । २९ जनाको शव गोली चलेकै स्थानमा पाइएको थियो भने अन्यको शव केही पर भेट्टिएको थियो ।

 

एमहरस नामक जनजाती समूदायका मान्छेहरुमाथि उक्त गोलीबारी भएको बताएका छन् । 

 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै