Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

कोरोना संक्रमण यही ढङ्गले बढ्दै गएमा गाह्रो पर्न सक्छ : परराष्ट्रमन्त्री

 

नेकपा एमालेले सिङ्गो पार्टी पंक्तिलाई कोभिड–१९ विरुद्धको लडाइँमा केन्द्रित हुन निर्देशन दिएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले कोभिड–१९ को संक्रमण बढिरहेको भन्दै यसविरुद्धको लडाइँमा सिङ्गो पार्टी पंक्तिलाई परिचालित हुन निर्देशन दिएको हो । 

 

बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै कमिटीहरुलाई कोभिड–१९ विरुद्धको लडाइँमा क्वारेन्टीनहरुको निर्माण गर्न, गाउँगाउँमा जागरण अभियान सञ्चालन गर्न, बिरामीलाई अस्पतालसम्म पु¥याउन सहयोग गर्न स्थानीय तह र जिल्लास्थित कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँग मिलेर अभियान चलाउन निर्देशन दिएको पार्टी प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए । 

 

प्रवक्ता ज्ञवालीले सरकारका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने कोसिस भइरहेको र कर्णालीको जस्तै फ्लोर क्रस गराउने प्रयास भइरहेको भन्दै त्यसबारेमा आवश्यक जानकारी लिइरहेको बताए । नेताहरुलाई सोधिएको स्पष्टीकरणको सम्बन्धमा उपयुक्त समयमा निर्णय गरिने उनको भनाइ छ । 

 

‘अहिले अविश्वासको प्रस्ताव त्याउने कोसिसहरु पनि भइरहेको छ । प्रतिपक्षले ल्याउने कुरा त धेरै ठूलो कुरा भएन । तर कर्णालीको जस्तै विभिन्न ठाउँमा फ्लोर क्रसहरु गराउन पनि प्रयासहरु हुँदै गरेका त्यस्ता प्रयासहरु पनि छन्, तिनीहरुको बारेमा हामीले आवश्यक जानकारीहरु लिइरहेका छौं । आवश्यक निर्णयहरु पछाडि उपयुक्त समयमा गरिनेछ,’ उनले भने ।

 

प्रवक्ता ज्ञवालीले तत्काल देशभर लकडाउन नहुने बताए । सरकारको आग्रह स्वास्थ्य मापदण्ड पालना गराउनु नै रहेको बताए । अर्थतन्त्र र जनजीविकामा प्रभाव नपरोस् भन्ने हेतुले देशव्यापी रुपमा लकडाउन नगर्ने तर हटस्पटहरुमा लकडाउन हुनसक्ने बताए । 

 

अहिलको कोभिड–१९ सक्रमणको अवस्थालाई धान्न सकिने भए पनि यही ढङ्गले बढ्दै गएमा गाह्रो पर्न सक्ने पनि उनको भनाइ छ । शनिबार सिसिएमसीको बैठकबाट अक्सिजन प्लान्टहरुको क्षमता बिस्तार गर्ने, नयाँ सिलिन्डरहरु मगाउने, रेम्डेशिविर लगायतका अन्य मेडिकल सामग्रीहरुलाई आयात गर्ने तर खोपलाई बिस्तार गर्ने विषयमा छलफल गरेको पनि उनले जानकारी दिए ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

भारततर्फको खुला सीमाले सुरक्षा चुनौती थपियोः अध्यागमन विभाग 

भारतसँगको खुला सीमानाका कारण अवैध रुपमा नेपाल आउने विदेशी र नेपालबाट तेस्रो मुलुक जानेहरुलाई नियमन गर्न चुनौतीपूर्ण बन्दै गएको छ ।

ब‌ैशाख १२, २०७८