
कर्णााली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । त्यसका लागि उनले मंगलबार प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका छन् ।
नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीको सरकार संकटमा परेको छ । प्रदेशसभा सचिवालयका अनुसार ३ वैशाखमा प्रदेशसभाको बैठक बस्नेछ । त्यस बैठकमा मत विभाजन प्रणालीअनुसार विश्वासको मत लिने प्रक्रिया सुरु हुने जनाइएको छ ।
यसअघि एमाले तर्फका कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले राजीनामा दिएका थिए । अर्थ तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका हुन् ।
नेकपा एमालेका माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका उनीहरुलाई पार्टीको संसदीय दलको बैठकले राजीनामा दिन निर्देशन दिएको थियो । साथै, नयाँ सरकार बनाउन वातावरण निर्माण गर्ने बैठकले निर्णय गरेको थियो ।
हाल कर्णाली प्रदेशसभामा ४० प्रदेश सांसद छन्, जसमा एमालेका २० सांसद छन् । माओवादी केन्द्रका १३, कांग्रेसका ६ र राप्रपाका एक सांसद छन् ।
भारत सरकारले गोरखा र नुवाकोटमा आवास पुनःनिर्माण परियोजना कार्यान्वयनका लागि एक अर्ब रुपैयाँ प्रदान गरेको छ। भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेको औपचारिक भ्रम...
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit