Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

पोखराको वनविज्ञान संस्थानबाट चोरी भएका आखेटोपहार बरामद


पोखरा महानगरपालिका–१५ टुटुंगास्थित वन विज्ञान अध्यन संस्थानको प्रयोगशालाबाट चोरी भएका आखेटोपहार बरामद भएको छ । चितुवाको ४ थान छाला, चितुवाका दाँतहरु, हाड अखेटाहरु, एकजोडी चितलको सिङ र अन्य हाड अखेटोपहार मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । 

 

उक्त प्रयोगशालाबाट माघ ९ गते राति जंगली जनावरको छाला तथा हाडहरु चोरी भएको थियो । घटनाको अनुसन्धान गर्न खटिएको स्थानीय प्रहरीले सोही महानगरपालिका–१५ बनपाले जंगलको घाटको पंधेरोस्थित बोरा र झोलामा बेवारिसे अवस्थामा ती अखेटोपहार फेला पारेको हो ।  

 

चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

रुपन्देही प्रहरीले भारतबाट पक्रेर ल्यायो कुर्मीका हत्यारा

प्रहरीले एकजना कुख्यात लुटेरालाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेको छ । 

माघ २२, २०७७

 मध्यरातमा चाेरी, चाेर दशी सहित बिहानै प्रहरी फन्दामा

प्रहरीले इमाडाेलमा झ्याल फोडेर घरमा चोरी गर्ने समूहका तीनजनालाई पक्राउ गरेको छ । उनीहरू चाेरीका सामान सहित चाेरी भएकाे केही घण्टामै पक्राउ परेका हुन् ।

माघ २२, २०७७