Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

 मध्यरातमा चाेरी, चाेर दशी सहित बिहानै प्रहरी फन्दामा

चाेरीमा संलग्नहरू र प्रहरी निरीक्षक विजय तिमिलसैना ।

प्रहरीले इमाडाेलमा झ्याल फोडेर घरमा चोरी गर्ने समूहका तीनजनालाई पक्राउ गरेको छ । उनीहरू चाेरीका सामान सहित चाेरी भएकाे केही घण्टामै पक्राउ परेका हुन् । 

 

महानगरीय प्रहरी प्रभाग, इमाडाेलले चोरी भएका एप्पलका ल्यापटप र मोबाइल सहित उनीहरुलाई मंगलबार बिहान तीनबजे नियन्त्रणमा लिएको हो।

 

प्रभाग प्रमुख प्रहरी निरीक्षक बिजय तिमिलसैनाको कमाण्डमा रहेको टोलीले चोरी भएको केही घण्टामा उनीहरुलाई पक्राउ गरेको हो । 

 

प्रहरीमा स्थानीय एकघरमा बहालमा बस्ने मकवानपुरका रोजन श्रेष्ठको दोस्रो तलाबाट ल्यापटप र मोबाइल चोरी भएको माैखिक जानकारीपछि कारबाही सुरु भएको थियो । 

प्रनि तिमिलसैनाकाे कमाण्डमा रहेकाे चेकिङ टाेलीले झिसमिसेमै चाेरीका सामान बाेकेर हिँडेका तीनजनाकाे चेकजाँच गर्दा चाेरी भएका सामान बरामद भएका हुन् । 

पक्राउ पर्नेमा तिलगंगा घर बताउने सुनिल देउला, सुनसरीका प्रदिप खतिवडा र सुनिल श्रेष्ठ रहेका छन् । देउला घटनास्थलबाट फरार भएका थिए । उनी मंगलबार दिउसाे पक्राउ परेका हुन् । 


उनीहरुका साथबाट प्रहरीले चोरी भएको एप्पल कम्पनीको ल्यापटप, सोही कम्पनीको मोबाइल र सामसुङ कम्पनीको मोबाइल बरामद भएको प्रहरीले जनाएको छ । 

 

*सच्चाइएकाे

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

महानिरीक्षक शैलेश थापा क्षेत्रीले ‘कोर’ टिमलाई विशेष निर्देशन दिँदै 

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अहिले केही बेरमा प्रहरी वरिष्ठ उपरिक्षक सहित डीआइजी र एआइजीहरुलाई विशेष सम्बोधन गर्दैछन् । 

मङ्सिर २४, २०७७