Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

इन्स्पेक्टर डम्बर विश्वकर्मा बने ‘सर्वोत्कृष्ट प्रहरी’

जिल्ला प्रहरी कार्यालय पाँचथर दरबन्दी भएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) डम्बर विश्वकर्मा प्रदेश १ को वैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

 

विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ रहेकाले उनलाई पुरस्कृत गरिएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ । 

 

अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पु¥याउनुको साथै विभिन्न हातहतियार सहित विध्वंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह उनलाई पुरस्कृत गरिएको प्रदेश १ प्रहरी कार्यालयका प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले जनाएका छन् । 

 

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्यांकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनोट गर्दै आएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै