Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

खिचापोखरीबाट स्रोत नखुलेको १९ लाखसहित २ महिला पक्राउ  

 
काठमाडौं महानगरपालिका–२२ खिचापोखरीबाट स्रोत नखुलेको १९ लाख रुपैयाँसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  

 

पक्राउ पर्नेहरुमा ताकेश्वर नगरपालिका–७ घर भएकी ३० वर्षीया शान्ति घिमिरे र भक्तपुर चाँगुनारायण नगरपालिका–१ घर भएकी ३१ वर्षीया दुर्गा चौलागाईं छन् ।

 

महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो । 

 

उनीहरुलाई आवश्यक कारबाहीको लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा पठाइएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

ललितपुरमा जीपको ठक्करले साइकल यात्री र बटुवाको मृत्यु

ललितपुरको बालकुमारी र ग्वार्को चोकमा भएका बेग्लाबेग्लै घटनामा मंगलबार राती एकजना बटुवा र अर्का साइकल यात्रीको मृत्यु भएको छ ।

माघ २४, २०७७