Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सेनाद्वारा हतियार तथा अवैध जडीबुटी बरामद

नेपाली सेना र निकुञ्ज कर्मचारीसहितको पेट्रोल टोलीले मंगलबार मुगु जिल्लाको सोरु गा.पा.वडा नं. ८, रारा राष्ट्रिय निकुञ्ज अन्तर्गतको रारा रावलकोट मध्यबर्ती क्षेत्रको तारापानी स्थित सानो बजार इलाकाबाट भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ । 

 

पक्राउ परेका सोरु गा.पा. वडा नं.९ बस्ने बर्ष ४८ का प्रेम बहादुर शाहीलाई निकुञ्ज कर्मचारीको रोहवरमा मुचुल्का तयार गरी हतियार सहित आवश्यक कारवाहीको लागि निकुञ्ज कार्यालय, हुटुलाई बुझाइएको छ ।

 

यस्तै, बुधबार मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्र अन्तर्गतको मकालु गाउँपालिका वडा नं.३ स्थित नेपाली सेना, श्री नयां रणभीम गुल्मको चेक प्वाइन्टमा खटिने टोलीले अवैध रुपमा लुकाई छुपाई ल्याएको जडीबुटी सहित एक जनालाई पक्राउ गरेको छ । 

 

 

गोला बसपार्कबाट खाँदवारीतर्फ जाँदै गरेको को १ ज २३२१ नं. को बोलेरो जिप जाँच गर्ने क्रममा जिपमा सवार भोटखोला, वडा नं.२ निवासी बर्ष ५३ को डिन्मा फिन्जो भोटेको साथबाट जडबुटीहरु बरामद गरिएको हो ।

 

बरामद सामग्री उक्त निकुञ्ज कार्यालयका प्रतिनिधिलाई बुझाएको सेनाले जनाएको छ ।  बरामद जडीबुटीमा पाखनबेद, ठूलो ओखती, टिमुर, बोके टिमुर, रातो गुराँसको फुल, हर्चुरो, लाखुरीको बोक्रा, भुषपात, पाते चिराईतो लगायत छन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै