Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

भीमसेनदासले दिए प्रदेश सभापतिमा उम्मेद्वारी 

नेपाली कांग्रेसका नेता भीमसेन दास प्रधानले कांग्रेस अधिवेशनमा बाग्मती प्रदेशको सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

 

उनले शनिवार काठमाण्डौस्थित शान्तिबाटिकामा उम्मेद्वारी घोषणा सभा गर्दै बाग्मती प्रदेशको सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् । उम्मेद्वारी घोषणा गर्दै उनले संविधानको मर्म र भावना अनुरुप संघीयताको संस्थागत विकास गराउनका लागि आफूले भुमिका खेल्ने बताएका छन् । 

 

संघीयता कार्यान्वयन अन्त्यन्तै फितलो रहेको उल्लेख गर्दै उनले आफू बाग्मती प्रदेश सभापति भएमा संघीयताको संस्थागत विकासका लागि काम गराउन सक्ने बताएका छन् । 

 

‘संघीय संरचना अन्र्तगत संविधानमा तीन तहको सरकारको व्यवस्था गरेको छ । पार्टीको तीन तहको संरचना बनेको छ । त्यसलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्न सक्यो भनेपनि एउटा पहिचान बन्छ । यो प्रथम अधिवेशन हो । त्यो ठाउँमा मैले आफ्नो उम्मेद्वारी यहाँहरुको शुभेच्छा, सद्भावले पाउन सक्यो भने मैले आफ्नो कार्यदक्षता, आफ्नो भिजन र भोलि आउने दोस्रो पुस्तालाई पनि संघीयताको बारेमा, संघीयताको मर्म र भावनालाई, संविधानको स्प्रिटलाई एउटा संस्थागत रुपमा लाने, संघीयताबारे धेरै प्रश्न उठेको छ’ उनले भने । 

 

‘संघीयता रहन्छ रहँदैन, प्रदेश चाहिन्छ चाहिँदैन, केन्द्र र प्रदेशको द्वन्द्व, प्रदेश र स्थानीय सरकारको द्वन्द यी सबै कुरा संविधानमा व्यवस्था गरेतापनि कानुनी रुपमा साह्रै फितलो कमजोर रहेको कारणले पनि यो कांग्रेसको महाधिवेशनले यी सबै कुराको निक्र्योल गर्नलाई पनि तह तप्कामा विविध तहमा रहेर काम गर्न सक्यो भने यसको संस्थागत विकासलाई त्यो तहमा बस्न सक्यो भने आफुले केही काम गराउन सक्नेमा मेरो मान्यता छ । त्यसैले मैले त्यसतर्फ मेरो उम्मेदवारीको इच्छा गरेको छु । आकांक्षा जारी गरेको हो’ उनले भने ।

 

उनले प्रदेश भित्रका सबै जिल्लाहरुसँग समन्वय गरी बाग्मती प्रदेशलाई नमुना प्रदेश बनाउने आफ्नो आशय रहेको पनि बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै