Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

भारतले लगायो कोरोना खोपको निर्यातमा रोक

 

भारतले कोरोना भाइरसविरुद्धको खोपको निर्यातमा रोक लगाएको छ । बीबीसीका अनुसार भारतले अक्सफोर्ड–एस्ट्राजेनेकाद्वारा विकसित कोरोना खोप ‘कोभिसिल्ड’ को निर्यातमा अस्थायी रूपमा रोक लगाएको हो । 

 

भारतमा संक्रमण तीव्र भएसँगै खोप अभाव हुने भन्दै निर्यातमा रोक लगाइएको भारतीय विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

 

अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको खोप भारतमा सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले उत्पादन गर्छ ।

 

नेपालले समेत सेरमबाट किनेको १० लाख खोप पाउँन सकेको छैन । खोप निर्यातमा रोक लगाएपछि नेपालले पाउनुपर्ने खोपबारे पनि अन्यौंल स्थिति श्रृजना भएको छ ।

 

सेरम विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी भएकाले भारतले निर्यातमा प्रतिबन्ध लगाउँदा धेरै देश प्रभावित हुने भएका छन् । यस खोपलाई डब्लुएचओले समेत आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ । 

 

अन्यभन्दा सस्तो भएकाले धेरै देशले सेरमसँग कोभिशिल्ड खरिदका लागि सम्झौता गरेका थिए ।

 

प्रतिक्रिया

1
  • Vknrfb

    फाल्गुण २, २०७८

    tadalafil 40mg drug - cialis price walmart tadalafil 20mg cost

प्रतिकृया थप्नुहोस्
  • Vknrfb

    फाल्गुण २, २०७८

    tadalafil 40mg drug - cialis price walmart tadalafil 20mg cost

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै