Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सार्वजनिक जग्गा अतिक्रमण गर्ने जो कोही भए पनि कारबाही : अख्तियार प्रमुख राई


अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सरकारी, सार्वजनिक जमीन अतिक्रमण गर्ने जोकोहीलाई अनुसन्धान गरेर कारबाहीको दायरमा ल्याउने बताएका छन् ।

 

अख्तियारको ३०औं स्थापना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा उनले सरकारी सार्वजनिक जमिन अतिक्रमण गर्ने, खोलाखोल्सा तथा पर्ति जमिन ओगट्ने कार्य सह्य नहुने बताएका हुन् ।

 

‘सार्वजनिक पदाधिकारी वा उनीहरू जोडिएका जोसुकैलाई अनुसन्धान गर्ने र रोक्ने कार्य आयोगको प्राथमिकतमा रहने छ,’ उनले भने ।

 

सर्वसाधारण जनताले पाउनुपर्ने स्वास्थ्य सेवा, कृषि सेवा तथा पशु सेवा, कृषि अनुदान र मलखाद, नागरिकता तथा राहदानी, विभिन्न प्रकारका सिफारिस, सवारी चालक अनुमति पत्र, मालपोत तथा जग्गा रजिस्ट्रेसन, श्रमस्वीकृति पत्र लगायतका क्षेत्रमा हुने अनियमितता, घुसखोरी, बिचौलिया धन्दा रोक्न सूक्ष्म निगरानी बढाइने र गलत तथा अनियमितता कार्यलाई कारबाहीको दायरामा ल्याउनेमा आयोगको उच्च प्राथमिकता रहने उनले बताए । 

 

त्यसका लागि आयोगले द्रुत निगरानी टोली, सूक्ष्म अनुसन्धान टोली आदि खटाउने उनले जानकारी दिए । विकास निर्माणका क्रममा लागत इस्टिमेटमै अनियमितता, बोलपत्र प्रक्रियामा हुने मिलेमतो, गुणस्तरहीन निर्माण कार्य, काम सम्पन्न नगरी हुने भुक्तानी, एउटै काममा दोहोरो तेहोरो खर्च लेख्ने प्रवृत्तिविरुद्ध आयोगले प्राथमिकताका साथ काम गर्ने उनले जनाए ।   

 

यस्तै, औषधिलगायतमा भएका भ्रष्टाचार सम्बन्धी थुप्रै उजुरी आयोगमा दर्ता भएको र त्यसलाई प्राथमिकता दिएर घुसखोरी र विचौलियालाई निगरानी गर्न विशेष टोली खटाइने उनले जानकारी दिए ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

‘सर्वोच्चमा मुद्दा दर्ता भइसकेपछि प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्को ढोका बन्द’

संविधानविद् एवं सांसद राधेश्याम अधिकारीले अध्यादेश सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा दर्ता भइसकेपछि प्रधानन्यायाधीश संवैधानिक परिषद्को बैठकमा सहभागि हुन नमिल्ने बताएका छन्...

माघ २९, २०७७

‘दुईवटा भर्याङ चढाएर बढुवा भएकाले देशको शान्ति सुरक्षा कसरी गर्छन ?’

उनले भनिन् ‘दुईवटा भर्याङ चढाएर नियुक्ती गरेर नेपाल सरकारले डीआइजीमा लैजाने र भविश्यको मुल नेतृत्व आइजीलाई लक्षित गरेर अहिले नै नियतबस जे गरिएको छ यसले सिंगो नेपाल प्रहरी...

माघ २९, २०७७