
नेपाली सेनाले काठमाडौं–तराई द्रुतमार्गको जटिलकार्य गर्ने निर्माणकर्ता छान्ने प्रक्रिया पारदर्शी भएको दावी गरेको छ । संघीय संसद राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बुधबारको बैठकमा काठमाडौं–तराई द्रुतमार्ग अन्तर्गत फेज टुका ठेक्काको विषयमा परेको उजरीमाथि भएको छलफलमा नेपाली सेनाले द्रुतमार्गको जटिलकार्य गर्ने निर्माणकर्ता छान्ने प्रक्रियामा कुनै अनियमितता नभएको दावी गरेको हो ।
समितिमा काठमाडौं–तराई द्रुतमार्गको जटिलकार्य गर्ने निर्माणकर्ता छान्नका लागि नेपाली सेनाले पूर्व योग्यता निर्धारण गर्न मागेको आवेदनमा आवश्यक भन्दा कम कम्पनीहरु छानिएको भन्दै उजुरी परेको थियो ।
सम्बन्धित समाचारः प्रधानसेनापतिको शुद्धीकरण अभियान, सालालाई ४५ अर्व रुपैयाँको ठेक्का !
नेपाली सेनाले पूर्व योग्यता परिक्षणमा नेपाली कम्पनी बाहिर पारिएको भन्दै विरोध भइरहेको छ । यसै विषयमा समितिले द्रुतमार्ग हेर्ने नेपाली सेनाका अधिकारीहरुलाई बोलाई स्पष्टिकरण लिएको हो ।
नेपाली सेनाका महासेनानी एवं खरिद व्यवस्थापन महाशाखाका प्रमुख सुनिलसिंह राठौरले सार्वजनिक खरिद ऐन अनुसार नै पूर्व योग्यता निर्धारण गरिएको बताए ।
आयोजनाको निर्माण कार्य वि.सं. २०८१ मा सम्पन्न गर्नुपर्ने भएकाले तत्काल टेण्डर आव्हान गरी निर्माण कार्यलाई तिब्रता दिने प्रक्रिया शुरु गरिएको उनको तर्क थियो ।
नेपाली सेनाले पूर्व योग्यताका लागि २०७६ फागुन ३० गते सार्वजनिक रुपमा आवेदन आव्हान गरेको थियो । २०७६ चैत ११ गते देखि बन्दाबन्दी भएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले २०७६ चैत २५ गते पठाएको पत्र अनुसार म्याद थप गरी २०७७ भदौ ३० गते मात्रै प्रि सबमिसन मिटिङ गर्न सफल भएको पनि महासेनानी राठौरले बताए ।
प्रि सबमिसन मिटिङमा २१ जना प्रतिनिधिको उपस्थिति रहेको र उपस्थित हुन नसकेकाहरुलाई जानकारी गराइएको उनले समितिलाई जानकारी गराए । त्यसपछि २०७७ असोज १४ गते खोलुवा मुचुल्का तय गर्दा प्याकेज नम्बर एकमा २१ वटा र प्याकेज दुईमा २२ वटा अन्तर्राष्ट्रिय कम्पनीहरुको आवेदन परेको थियो ।
यस्तै २०७७ पुस ९ गते मूल्याङ्कन समितिले गरेको मूल्याङ्कन अनुसार प्याकेज एकमा २ जना र प्याकेज दुईमा एउटामात्र अन्तर्राष्ट्रिय कम्पनी सूचीकृत भएको महासेनानी राठौरले बताए ।
द्रुतमार्ग आयोजनाका प्रमुख विकास पोखरेलले काठमाडौं–तराई द्रुतमार्गमा जटिल किसिमको काम गर्नुपर्ने ठाउँहरुलाई ११ वटा क्लस्टरमा विभाजन गरिएको बताए । त्यसमध्ये ५ र ६ नम्बर क्लस्टर अति जटिल भएकाले निर्माण कर्ता छनोट गर्दा पूर्व योग्यता निर्धारण गर्नुपरेको र सार्वजनिक खरिद नियमावली अनुसार नै सो कार्य सम्पन्न गरिएको उनको दाबी थियो ।
काठमाडौं–तराई द्रुतमार्ग ७२ दशमलव ५ किलोमिटरको रहेको छ । जसमा ३ वटा सुरुङ मार्ग र ८७ वटा पुलहरु निर्माण हुनेछन् । बाटोको चौडाई पहाडमा २५ मिटर र तराईमा २७ मिटर रहनेछ । दु्रतमार्गमा पर्ने तीन वटै सुरुङमार्गको लम्बाई ६ किलोमिटर हुनेछ भने ८७ वटा पुलको कुल लम्बाई १० किलोमिटर रहने छ । द्रुतमार्गमा जटिल किसिमको काम गर्नुपर्ने ठाउँहरुलाई ११ वटा क्लस्टरमा विभाजन गरि काम शुरु भएको छ ।
війна в україні 2022 пророцтва коли закінчиться війна в україні 2022 передбачення скільки триватиме війна
buy cialis online cheap - female cialis pill tadalafil 5mg generic
війна в україні 2022 пророцтва коли закінчиться війна в україні 2022 передбачення скільки триватиме війна
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit
buy cialis online cheap - female cialis pill tadalafil 5mg generic