Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

रामकुमारी झाँक्रीलाई पक्राउ गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र


नेकपाको ओली पक्षको अखिल नेपाल महिला संघ (अनेमसंघ) ले नेकपा दाहाल–नेपाल पक्षकी नेतृ तथा विघटित प्रतिनिधि सभा सदस्य रामकुमारी झाक्रीलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ । बुधबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाउँदै संघले यस्तो माग गरेको हो ।

 

१६ माघमा गोरखाको सिरानचोक गाउँपालिकामा आयोजित कार्यक्रममा भाषण गर्दा झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको चारित्रिक हत्या गरेको संघको भनाइ छ ।

 

ज्ञापनपत्रमा नेतृ झाँक्रीले राष्ट्रपति भण्डारीको चारित्रिक हत्या गर्दै विभिन्न लाञ्छना, गाली बेइज्जती गरी व्यक्तिगत, पारिवारिक तथा राष्ट्रपतिकै इज्जतमा समेत धक्का पु¥याउने नियतले आपत्तिजनक र अपमान जनक शब्दहरु प्रयोग गरेको जनाइएको छ ।

 

संघकी नेतृ सुजिता शाक्यले झाँक्रीले राष्ट्रपति संस्थामाथि नै अपमानजनक व्यवहार गरेकाले तत्काल कारबाही गर्न माग गरिएको बताइन् । गृहमन्त्री थापाले ज्ञापनपत्र बुझ्दै राष्ट्रपतिमाथि अशोभनीय आरोप लगाउनेलाई कडा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने बताएको नेतृ शाक्यले जानकारी दिइन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै