Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

आचारसंहिता पालना नगरे निर्वाचन स्वच्छ र निष्पक्ष हुँदैन: प्रमुख निर्वाचन आयुक्त 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबैले निर्वाचन आचारसंहिताका सबै बुँदाको पूर्णपालना गरे मात्र निर्वाचन स्वच्छ र निष्पक्ष रुपमा सम्पन्न हुने बताएका छन् ।

 

 

सामुदायिक रेडियो प्रसारक संघले मंगलबार काठमाडौंमा जारी गरेको निर्वाचन आचारसंहिता सार्वजनिक गर्दै उनले सबै सञ्चारमाध्यलाई आचारसंहिताको ख्याल राख्न आग्रह गरे । निर्वाचन आचारसंहिताको समाचार भन्ने तर दृश्यचाहिँ त्यसविपरीत आउने काम भए त्यो खतरनाक हुने उनले बताए । 

 


थपलियाले दृश्यहरु निर्वाचन आचारसंहिता विपरीतका भए त्यसले आम मतदातामा पनि नकारात्मक असर पर्न सक्नेतर्फ ध्यान दिन पनि सञ्चारमाध्यमहरुलाई आग्रह गरे ।  

 


निर्वाचन आयोगले सबैले मान्छु भन्ने प्रतिवद्धतासहित जारी गरिएको निर्वाचन आचारसंहिताको कार्यान्वयन हुँदैन कि भनेर आशंका गर्ने ठाउँ नै नरहेको बताए ।

 


कार्यक्रममा सार्वजनिक गरिएको सामुदायिक रेडियो प्रसारक संघको निर्वाचन आचारसंहितामा मतदाता र मतदान प्रक्रियालाई नकारात्मकरुपमा प्रभावित पार्ने मनसायले कुनै पनि विज्ञापनलाई समाचारको रुपमा प्रस्तुत नगर्न सचेत गराइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै