Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

विभाजनको डिलमा जसपा, जसले कोर्दै छ ओली सरकारको भविष्य

गत २७ वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिँदै थिए । त्यसक्रममा सरकार टिकाउनका लागि निर्णायक मानिएको जनता समाजवादी पार्टी भने दुई धारमा विभाजित थियो । 

 

जसपाका अध्यक्ष उपेन्द्र यादव र नेता डा. बाबुराम भट्टराई पक्षले प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गरे भने जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्ष भने तटस्थ रहे । उनीहरुले आफूहरुको माग सम्पूर्ण रुपमा पूरा नभइसकेको भन्दै सरकारलाई समर्थन पनि नगरेको र विरोध पनि नगरेको जनाए । 

 

त्यसक्रममा जसपामा वैचारिक मतभिन्नता भए पनि नेतामा तिक्तता भने थिएन । तर, पछिल्लो केही दिनयताको परिदृश्यले भने जसपा विभाजनको डिलमा पुगेको छ । यसको मुख्य कारण हो, ठाकुर पक्षले राजेन्द्र महतोलाई एकलौटी निर्णबाट संसदीय दलको नेता बनाउनु । 

 

यो निर्णयबाट आक्रोशित यादव पक्षले भने ठाकुर पक्षलाई अनुशासनको कारबाही हुनेसम्म जनाएको छ । साथै दुवै पक्षबाट वक्तव्यबाजी पनि हुन थालेको छ । 

 

शनिबार यादव पक्षले आफू निकट कार्यकारिणी सदस्यहरुलाई बैठकका लागि पार्टी कार्यालयमा बोलाएको थियो । लगत्तै ठाकुर पक्षले विज्ञप्ति जारी गर्दै जसपाको केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको र त्यस्तो जानकारी समेत नभएको जनाए । 

 

जसपाको विभाजनको अवस्थाले भने प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई भने प्रभावित पार्नेछ । किनभने ओली सरकारले गठनको ३० दिनमा विश्वासको मत लिनुपर्नेछ । यसअघि ओलीले विश्वासको मत लिँदा जसपाका दुवै पक्षमा १५/१५ जना सांसद देखिएका थिए । दुई जना अनुपस्थित थिए ।  

 

जसपा विभाजन भएको अवस्थामा ठाकुर पक्षले ओली सरकारलाई सघाउने निश्चित छ । एमाले हाल एकजुट हुँदै गरेको अवस्थामा ठाकुर पक्षले पनि सहयोग गर्दा ओली सरकारले विश्वासको मत पाउने निश्चित हुनेछ । 

 

यसअघि ठाकुरले ओली सरकारलाई सघाउने संकेत पनि गरेका छन् । गठबन्धन सरकारका लागि राष्ट्रपतिले दिएको समयसीमाको अन्तिम दिन गत बिहीबार ठाकुर पक्षले आफ्ना सांसदलाई भक्तपुरको डोलेश्वरस्थित एक रिसोर्टमा राखेको थियो । 

 

बहुमत सांसदको हस्ताक्ष नपुगेपछि गठबन्धन सरकारका लागि तम्सिएका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र पछाडि हटेका थिए भने राष्ट्रपतिले फेरि प्रधानमन्त्रीमा ओलीलाई नियुक्त गरेकी थिइन् । 

 

यदि जसपामा विभाजन नभएमा र विश्वासको मत लिने क्रममा ठाकुर पक्ष फेरि तटस्थ रहेमा भने वर्तमान सरकारलाई अप्ठ्यारोमा पर्नेछ । अन्य दलले सहयोग नगरेको अवस्थामा ओली सरकार हट्नेछ भने मुलुक मध्यवधि चुनावतर्फ लाग्नेछ । 

 

यादव पक्षका सांसद रामबाबु यादवले महन्थ–राजेन्द्र पक्षले पार्टीको विधान विपरीत राजेन्द्र महतोलाई पार्टी संसदीय दलको नेता घोषणा गरेको भन्दै कारबाही गरिने बताएका छन् ।

 

शनिबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिर्दै सांसद यादवले पार्टीको संसदीय दलको विधान नबनेको र विधान बनेपछि कार्यकारिणी समितिबाट अनुमोदन हुनुपर्ने भए पनि महतोलाई संसदीय दलको नेता विधान विपरित बनाइएको बताए । 

 

‘अहिले हाम्रो संसदीय दलको न विधान बनेको छ, र त्यो विधान बनेपछि पार्टीको कार्यकारिणी समितिबाट अनुमोदित हुनुपर्छ । संसदीय दलबाट पास भएर कार्यकारिणी समितिले अनुमोदन नगरेसम्म संसदीय दलको नेता बन्ने हुँदैन,’ उनले भने ।

 

सांसद यादवले महन्थ–राजेन्द्र पक्षले आफूहरुलाई विधानभन्दा माथि बुझ्ने गरेको पनि बताए । संसदीय दलको नेता चयनको अनैतिक र गलत काम गरी प्रचार गरिएको भन्दै उनले विधान विपरीत गर्नेलाई कारबाही गरिने पनि बताए । 

प्रतिक्रिया

1
  • Maltalove

    ब‌ैशाख २९, २०७९

    https://newfasttadalafil.com/ - Cialis Baclofene Ou Aotal Zdpkwl se vende viagra Cialis Cialis Mg 5 Prezzo Jaqmbf Immunemediated damage to the mitral valve due to rheumatic fever caused by crossreactivity between the streptococcal antigen and the valve tissue leads to scarring and narrowing of the mitral valve orifice. https://newfasttadalafil.com/ - legit cialis online

प्रतिकृया थप्नुहोस्
  • Maltalove

    ब‌ैशाख २९, २०७९

    https://newfasttadalafil.com/ - Cialis Baclofene Ou Aotal Zdpkwl se vende viagra Cialis Cialis Mg 5 Prezzo Jaqmbf Immunemediated damage to the mitral valve due to rheumatic fever caused by crossreactivity between the streptococcal antigen and the valve tissue leads to scarring and narrowing of the mitral valve orifice. https://newfasttadalafil.com/ - legit cialis online

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै