
नेपाली सेनाका तीन उपरथी र चार सहायक रथीमा बढुवा सिफारिस भएको छ । सेनाले सात दिने सूचना प्रकाशित गर्दै रिक्त पदमा बढुवाका लागि सिफारिस गरेको हो ।
उपरथीमा बढुवा सिफारिस हुनेमा सहायकरथीहरु दीपककुमार बानियाँ, होमनाथ दवाडी र यामप्रसाद ढकाल छन् । यस्तै, सहायकरथीमा बढुवा सिफारिस हुनेमा महासेनानीहरु डा.पदम बहादुर बुढा, पवन खत्री, माधव थापा र सानुकाजी थापा छन् ।
सहायक रथी बानियाँ तालिम निर्देशनालय, दवाडी राष्ट्रिय सुरक्षा परिषदको सचिवालय र ढकाल विपद व्यवस्थापन निर्देशनालयमा छन् ।
महासेनानी बुढा हाल सैनिक सचिव विभाग, खत्री सैनिक तालिम महानिर्देशनालय, थापा मध्यकमाण्ड र सानुकाजी थापा पूर्वी कमाण्ड हेडक्वार्टर कार्यरत छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit