Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

नेपाल–पाकिस्तानबीच साहित्यिक सहकार्य बढाउन छलफल

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तान एकेडेमी अफ लेटर्स (पीएएल)का अध्यक्ष प्राडा युसुफ खुशसँग भेटघाट गरेका छन् । भेटमा नेपाल र पाकिस्तानबीच साहित्य क्षेत्रमा सहयोग आदानप्रदानबारे छलफल भएको थियो ।

 

नेपाल र पाकिस्तानबीचको सम्बन्धलाई अझ गाढा बनाउन दुवै देशका साहित्यिक क्षेत्रमा सहयोग बढाउन सकिने राजदूत अधिकारीको भनाइ थियो । साथै, उनले पीएएलको माध्यमबाट नेपाली साहित्यलाई उर्दू र अन्य पाकिस्तानी भाषामा अनुवाद गर्न अनुरोध समेत गरेका थिए । जसका कारण नेपाली साहित्य पाकिस्तानीहरु समक्ष सहयोगी हुने उनको धारणा थियो । 

 

राजदूत अधिकारीले उक्त अवसरमा उर्दू अनुवाद गरिएको रुद्रराज पाण्डेको ‘रूपमती’ पनि प्राडा खस्कलाई प्रदान गरेका थिए । पीएएल पाकिस्तान सरकार मातहतको राष्ट्रिय एकेडेमी हो, जसले पाकिस्तानको साहित्य लगायत क्षेत्रमा काम गर्दै आएको थियो । १९७५ मा यसको स्थापना गरिएको थियो ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै