
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मातहत रहने राष्ट्रिय सतर्कता केन्द (नेशनल भिजिल्यान्स सेन्टर) शक्तिशाली इकाई भएर पनि यसको प्रभावकारिता चर्चामा छैन् ।
तर भर्खरै बढुवा भएर सेन्टरको नेतृत्व सम्हालेपछि सचिव मणिराम गेलालले बुधबार सिंहदरबार गेटमै सरकारी कर्मचारीको छड्को जाँच गराए ।
केन्द्रले सिंहदरबार प्रवेश गर्ने कर्मचारीले तोकिएको पोशाक नलगाएको भन्दै चेकजाँच गरेको हो ।
सतर्कता केन्द्रले बुधबार सिंहदरबारको दक्षिण गेटमा कर्मचारीहरुले पोशाक लगाए नलगाएको सम्बन्धमा चेकजाँच गरेको हो ।
सतर्कता केन्द्रका प्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्णप्रसाद अधिकारीले विहान ९ बजेदेखि नै चेकजाँच गरिएको बताए।
अधिकांश कर्मचारीले पोशाक नलगाएको पाइएपछि सचेत गराउन चेकजाँच गरेको अधिकारीले बताए । उनले सिंहदरबार भित्र काम गर्ने कर्मचारी र बाहिरबाट काम लिएर आउने कर्मचारी सबैले पोशाक लगाए नलगाएको जाँच गरिएको जानकारी दिए ।
उनका अनुसार अधिकांश कर्मचारीले पोशाक नलगाएको पाइएको छ । पोशाक नलगाउने कर्मचारीलाई सचेत गराई प्रवेश गर्न दिइएको डिएसपी अधिकारीले बताए ।
सरकारी कर्मचारीले पोशाक भत्ता बापत रकम लिने तर पोशाक नै नलगाउने गरेपछि अनुगमन गर्नुपरेको डिएसपी अधिकारीले बताए । अवदेखि नियमित रुपमा छड्के जाँच गरिने पनि उनले बताए ।
скільки буде тривати війна в україні скільки буде тривати війна в україні 2022 скільки може тривати війна в україні
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit
скільки буде тривати війна в україні скільки буде тривати війна в україні 2022 скільки може тривати війна в україні