Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

जो हतकडीसहित प्रहरीको पन्जाबाट फरार भएका थिए

गत असोस २ गते भारत विहारका अन्नि कुमार साहलाई महानगरीय प्रहरी बृत कालिमाटीले हतकडी लगाएर सोधपुछका लागि ल्याएको थियो ।

 

तर  उनी बृतबाटै तीन थान हतकडीसहित फरार भएपछि प्रहरी चकित पर्‍यो । त्यसपछि उनको खोजी कार्यलाई प्रहरीले तिव्रता दियो । नाकामा कडाई गर्‍यो । 

 

जानसक्ने स्थानमा छापा मार्‍यो । आफन्त, साथीभाईहरुसँग सोधपुछ व्यापक बनायो । अन्तत: १८ वर्षे साहलाई बुधबार पक्राउ गर्न प्रहरी सफल भएको छ । 

 

उनलाई महानगरीय अपराध महाशाखाको टोलीले कालिमाटीस्थित परोपकारबाट पक्राउ गरेको हो । 

 

सुकुम्बासी टोलमा बस्दै आएका उनलाई आवस्यक कारवाहीको लागि महानगरीय प्रहरी बृत कालिमाटी पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै