Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सूर्य नेपालले दियो म्याग्दे गाउँपालिकालाई एम्बुलेन्स

सूर्य नेपाल प्रा. लि सेराटार तनहुँले म्याग्दे गाउँपालिका तनहुँलाई बिहीबार एउटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । 

 

म्याग्दे गाउँपालिकामा आयोजित एक कार्यक्रममा गाउँपालिका अध्यक्ष माया देवी राना आले, उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख कार्यकारी नारायण प्रसाद अधिकारी, म्याग्दे गाउँपालिका वार्ड नं. ६ का अध्यक्ष बसन थापा, सुर्य नेपालका फ्याक्ट्री म्यानेजर बाबुराम कार्की, एच. आर म्यानेजर अन्जन दुवाडी, कमर्सियल म्यानेजर गौतम यादव तथा सुरक्षा बिभाग प्रमुख होमनाथ अर्याल लगायतको सहभागितामा उक्त हस्तान्तरण कार्यक्रम आयोजना गरिएको थियो । 

 

कार्यक्रममा गाउँपालिका अध्यक्ष माया देवी राना आले उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख कार्यकारी, लगायत सूर्य नेपालका फ्याक्ट्री म्यानेजर बाबुराम कार्कीले मन्तव्य राख्दै सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त एम्बुलेन्स हस्तान्तरण गरिएको र यसबाट स्थानीय लाभाम्वित हुने विचार व्यक्त गरेका थिए ।

 

सुर्य नेपाल प्रा.लिले यसअघि २०७७ असोजमा पनि शुक्लागण्डकी नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको थियो । 

 

कार्यक्रममा गाउँपालिका अध्यक्ष आलेले सूर्य नेपाल प्रा. लिबाट यस क्षेत्रमा भईरहेको सहयोगको उच्च मुल्यांकन गर्दै भबिस्यमा समेत यस्तै सहयोगको अपेक्षा राखिन। 

 

सूर्य नेपालका फ्याक्ट्री म्यानेजर बाबुराम कार्कीले पनि यस क्षेत्रको समग्र बिकासको लागी स्थानीयसंग सहकार्य गर्दै अघि बड्ने कम्पनीको नीति रहेको बताए । 

 

यस क्षेत्रमा मा सूर्य नेपाल प्रा. लि ले बिगत लामो समय देखि शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पुर्बाधार तथा अन्य सामाजिक बिकासका विभिन्न क्षेत्रहरूमा थुप्रै सयोग गर्दै आईरहेको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै