Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

बजेट पारित गर्न नसकेपछि इजरायलमा संसद विघटन

 

जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सत्तारुढ गठबन्धन सरकारले संसद विघटन गरेको छ । संसदले बजेट पारित गर्ने समयसीमा पूरा गर्न नसकेपछि मंगलबार भंग गरिएको हो ।     

 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अब उक्त देशमा दुई वर्षभित्र चौथो पटक चुनाव हुने भएको छ । सम्भवतः अर्को वर्ष सन् २०२१ को मार्च २३ मा चुनाव हुने सिएएनएनले जानकारी दिएको छ ।  

 

इजरायलमा प्रधानमन्त्री नेतन्याहू र उनका प्रतिद्वन्द्वी रक्षामन्त्री बेनी गान्ट्जको नेतृत्वमा गठबन्धनको सरकार थियो । संसद भंग हुनुमा सत्ता गठबन्धनका सांसदहरुले एकअर्कालाई दोष दिएका छन् । 

 

नेतान्याहूको दक्षिणपन्थी लिकुड र गान्ट्जको ब्लू एन्ड ह्वाइट पार्टीको नेतृत्वमा रहेको गठबन्धनले सन् २०२० को बजेट पारित गर्न मध्यरात्रिसम्म प्रयास गरेपनि सफल हुन सकेको थिएन ।  (एजेन्सीको सहयोगमा)  
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै