
लागूऔषध कारोबारमा संलग्न ३ जनालाई आइतबार झापा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका–३ का २७ वर्षीय लक्ष्मण दास, १९ वर्षीय राम शाह र दमक नगरपालिका–१ का ३२ वर्षीय देवेन्द्र राई छन् ।
दास र शाहको साथबाट २३ ग्राम २०० मिलिग्राम र राईको साथबाट २ ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो रङ्गको लिसाईलो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले जानकारी दिए ।
प्रहरीका अनुसार राईले आफ्नै घरबाट ब्राउनसुगरको कारोबार गर्दै आएका थिए । पक्रा परेकाहरुको साथबाट ४ हजार नगद, मोबाइल र मे ७ प ९०८१ नं. को मोटरसाईकल पनि बरामद भइरहेको र उनीहरुलाई ईलाका प्रहरी कार्यालय दमकमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपालको ८ घण्टे कार्यगत भ्रमणमा रहेका चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर जनरल वेइ फेङगेलाई नेपाली सेनाको मुख्यालय जंगी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापाले स्वागत...
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit