
प्रधानमन्त्री केपी शर्मा ओलीले नेता भीम रावललाई आफ्नो पार्टी कुन हो भन्ने कुरा सर्वोच्च अदालतलाई सोध्न जान जवाफ दिएका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो पार्टीबारे अदालतको फैसलाले टुंगो लगाइदिएको बताएका हुन् ।
‘मैले सोध्न नपरोस् तपाईं कुन पार्टीको हो ? मलाई त उहाँहरूले नेकपाको साधारण सदस्यबाट पनि निष्कासन गर्नु भएको थियो । म नेकपाको साधारण सदस्य पनि होइन । अदालतले भन्यो म कुन पार्टीको सदस्य र अध्यक्ष हो,’ प्रधानमन्त्री ओलीले भने ।
आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भीम रावलले प्रधानमन्त्री ओलीको पार्टी कुन हो भनेर प्रश्न सोधेका थिए । सोही प्रसंगमा प्रधानमन्त्री ओलीले जवाफ दिएका हुन् ।
प्रधानमन्त्री ओलीले भने, ‘मैले उहाँहरुलाई सोध्न नपरोस्, तपाईं कुन पार्टीको हो ?’ उनले पहिलो प्रतिनिधिसभा बैठक नै स्थगित गरिएकोमा पनि व्यंग्य गरे ।
‘मुद्दा मामिला गरेर संसद पुनःस्थापना किन ग¥या रैछ त भन्दा उफ्रिन नाराबाजी गर्ने रैछ । कम्तीमा मेरो मेख मार्न भए पनि पहिलो बैठक राम्ररी चल्न दिनुपर्छ,’ उनले भने ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit