Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

दुबईमा भारत–पाकिस्तानका विदेशमन्त्री, वार्ता हुने सम्भावना

भारत र पाकिस्तानका विदेशमन्त्रीबीच दुबईमा भेटवार्ता हुने सम्भावना बढेको छ । दुवै देशका विदेशमन्त्री यतिबेला दुबईमा छन् ।

 

पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशी तीन दिने औपचारिक भ्रमणका लागि आइतबार दुबई पुगेका हुन् । यात्राको दौरान यूएईका समकक्षी शेख अब्दसल्ला बिन जायदलगायत अन्यसँग भेटघाट गर्नेछन् ।

 

यहीबेला भारतका विदेशमन्त्री एस जयशंकर पनि यूएई भ्रमणमै रहेका छन् । सोहीकारण भारत र पाकिस्तानीविदेश मन्त्रीबीच भेटवार्ता हुने जनाइएको छ ।

 

आधिकारिक रुपमा दुवै देशका विदेशमन्त्रीबीच भेटवार्ता हुने कार्यक्रम नरहेपनि यूएईले मध्यस्थकर्ताको भूमिका निभाउँदै दुबै देशबीच सम्बन्ध सुधारको प्रयास गर्ने जनाएको छ । 


पाकिस्तानको विदेश मन्त्रालयका अनुसार कुरैशी व्यापार तथा परवाहन, पाकिस्तानीका लागि रोजगारीको अवसर तथा प्रवासीहरुको कल्याणका विषयमा छलफल गर्न दुबई पुगेका हुन् ।​​​


भारतका विदेशमन्त्री एस जयशंकर पनि दुबई आइतबार बेलुकी पुगेका छन् । भारतीय विदेश मन्त्री जयशंकर सोमबार अबु–धाबीको भ्रमण गर्ने छन् । 

 

दुबईमा भेट भएपछि यी देशबीचको सम्बन्धमा सुधार आउने विश्वास गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै