Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

राष्ट्रिय अभियानको घोषणा गर्न खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

राष्ट्रिय अभियानको घोषणाको घोषणा गर्न नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक आज(शनिबार) बस्दैछ ।

 

उक्त बैठक दिउँसो ३ बजे बस्ने तय भएको छ । एमाले अध्यक्ष समेत रहेका ओलीले नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल लगायत नेतालाई ६ महिनाका लागि निलम्बति गरेपछि यो समूह रुष्ट छ । 

 

यसअघि नै तल्लोतहसम्म समानान्तर कमिटी बनाउँने निर्णय गरीसकेको समूहले राष्ट्रिय अभियानका लागि शनिबार बैठक आह्वान गरेको हो । 

 

आज बस्ने बैठकले अभियानको घोषणा गर्ने र दस्तावेजलाई अन्तिमरूप दिने तयारी गरेको छ । 

 

गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपा नाममाथि परेको मुद्दाको फैसला सुनाउँदै पार्टी एकता नै रद्द गरिदिएको थियो ।

 

त्यसपछि ओलीले फागुन २८ गते आफूपक्षीय सदस्यहरूमात्रै राखेर  विधान संशोधन, केन्द्रीय कमिटी विस्तार लगायत काम गरेपछि एमाले भित्रको विवाद उत्कर्षमा पुगेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै