
गुल्मीमा बालिका बलात्कारको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मालिका गाउँपालिका–४ अर्खाबाङ बस्ने २९ वर्षीय जगत बहादुर रानालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
ती बालिकालाई रानाले सोमबार ललाई फकाई आफ्नो कोठामा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पुर्कोटदहबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit