Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

१५ वर्षपछि बौद्धबाट पक्राउ परे चोरीका फरार आरोपी


प्रहरीले चोरी मुद्दाका फरार आरोपीलाई १५ वर्षपछि पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाका एसपी ईश्वर कार्कीका अनुसार १० वटा चोरी मुद्दामा अदालतबाट ५८ वर्ष कैद सजाय तोकिएका ४१ वर्षीय दीपक श्रेष्ठ पक्राउ परेका हुन् । 

 

दोलखा भीमेश्वर नगरपालिका–५ घर भई हाल काठमाडौंको बौद्धमा बस्दै आएका श्रेष्ठलाई शनिबार पक्राउ गरिएको हो । श्रेष्ठविरुद्ध नवराज न्यौपानेसहित १० जनाले फरक फरक जाहेरी दिएका थिए ।

 

श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराईएको महाशाखाले जनाएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै