Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

रिहा भइन् रामकुमारी झाँक्री

नेकपा दाहाल–नेपाल समूहकी नेतृ एवं विघटित प्रतिनिधिसभाकी सांसद रामकुमारी झाँक्री रिहा भएकी छन् । उनलाई घरमै पु¥याइदिने शर्तमा प्रहरीले रिहा गरेको हो । 

 

उनलाई बिहीबार दिउँसो प्रहरीले राज्य कसुरको आरोपमा पक्राउ गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा उनी पक्राउ परेकी थिइन् ।

 

नेतृ झाँक्रीले गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीले सक्रिय राजनीति गरेको भन्दै आलोचना गरेकी थिइन् ।

 

‘राष्ट्रपतिका कुरा त के गर्नु र ! बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ । बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु । शीतल निवासको कारगेट छाडेर कोटेश्वर फर्किए हुन्छ । चाबहिल हो कि कता घर छ रे । त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ,’ उनले भनेकी थिइन् ।

 

यस्तै, सेतो साडी लगाएर चुनावमा उठाउने नेकपा एमालेको संस्कृतिको प्रत्युत्पादक राष्ट्रपति भएको उनले बताएकी थिइन् । उनको अभिव्यक्तिपछि नेकपा ओली समूहको अनेमसंघले झाँक्रीलाई कारबाही माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै