
मेगा बैंक नेपालले अटोरिक्सा खरिद गरी आफैं सञ्चालन गर्ने चालकहरुका लागि विशेष सुविधा ल्याएको छ ।
मेगा बैंकले हंसराज हुलासचन्द एण्ड कम्पनीसँग ३ पांग्रे अटो रिक्सा खरिद गरी आफैं चलाउने चालकहरुका लागि रिक्सा नै धितो राखी कर्जा दिने सम्झौता भएको हो ।
सम्झौतामा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडका सञ्चालक अभिमन्यु गोल्छाले हस्ताक्षर गरे ।
विपन्न तथा न्यून आय भएका रिक्सा चालकहरुलाई उद्यमी बनाउने उद्देश्यले यो सम्झौता गरिएको मेगा बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्र बैंकको विपन्न वर्ग कर्जा निर्देशिका तथा बैंकको सरल कर्जा एवं सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही अटो रिक्सा खरिद गरी सञ्चालन गर्न चाहने चालकलाई कर्जा दिने बैंकले जनाएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit