Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

सुर्य नेपाल गल्फ: फाइनल राउन्डमा शुक्रलाई अग्रता

शुक्रबहादुर राईले सुर्य नेपाल वेष्टर्न ओपनको फाइनल राउन्डमा दुई स्ट्रोकको अग्रता लिएका छन् । 

 

पोखराको हिमालय गल्फ कोर्षमा जारी खेलमा शुक्रले बुधबारसम्म जम्मा फोर अन्डर १३४ मा थ्री अन्डर ६६ स्कोर गरेका छन् ।

 

जारी प्रतियोगितामा ३७ व्यवसायिक र १४ अमेच्योर खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् । यो सुर्य नेपाल गल्फ टूर २०२०-२१ अन्तर्गतको यो तेस्रो इभेन्ट हो ।

 

नेपाल प्रोफेसनल गल्फर एसोसियसनको आयोजनामा जारी प्रतियोगिताको मुल्य प्रायोजकमा सुर्य नेपाल प्रालि रहेको छ ।

 

यस्तै सन्जय लामाले वान अन्डर ७१ तथा अमेच्योर सुवास तामाङले टू अन्डर १४२ स्कोर गरेका छन् । 

 

त्यस्तै भुवन नगरकोटीले वान ओभर ७०, सन्जिव बहादुर नेपालीले टू अन्डर ६७, सुर्य प्रसाद शर्माले टू ओभर ७१ र बलभद्र राईले फोर ओभर ७३ स्कोर बनाएका छन् ।

 

राउन्ड अफ फोर ओभर ७३ मा खेलेका विनोद तामाङले ६ ओभर १४४ स्कोर हासिल गरेका छन् । 


प्रतियोगिताको जम्मा उपाधि रकम ७ लाख ३५ हजार रहेको छ । जसमा उत्कृष्ट तीन प्रो. हरुले क्रमश: १ लाख ३० हजार, ८४ हजार र ६० हजार पाउँनेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै