Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

बैंकले साना उद्यमीलाई ‘लोनमा’ सहजीकरण गर्ने, एफएनसिसिआई र बैंकर्स संघबीच सम्झौता

महासंघका अध्यक्ष शेखर गोल्छा र नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले सम्झौता पत्रमा हस्ताक्षर गरेपछि ।

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघले लघु, घरेलु तथा मझौला उद्यमहरुका लागि वित्तीय कर्जा उपलब्ध गराउन सहजिकरण गर्ने सम्झौता गरेका छन् । 

 

सम्झौता अनुसार वाणिज्य बैंकहरुले लघु गरेलु तथा मझौला उद्यमहरुको प्रवद्र्धन एवं संरक्षणका लागि वित्तीय कर्जा लगायतको सेवा प्रवाहमा सहजिकरण गर्ने गराउने छन् । 

 

यस्तै लघु, घरेलु, साना तथा मझौला उद्यम तथा व्यवसायको क्षेत्रमा हुने सेवालाई प्रभावकारी बनाउन एवं सेवा सहजिकरण गर्न केन्द्रीय तथा प्रादेशिक तहमा संयुक्त कार्यदल गठन गर्ने पनि सम्झौतामा उल्लेख छ । 

 

उक्त कार्यदलले वित्तीय सेवा प्रवाहको सहजिकरणको निमित्त आवश्यक नीतिगत सुझावहरु तर्जुमा गरी सम्बन्धित निकायमा समन्वय गरी कार्यान्वयनका लागि अनुरोध गर्ने काम गर्नेछ । 

 

बिहीबार महासंघको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच महासंघका अध्यक्ष शेखर गोल्छा र नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

 

महासंघका अध्यक्ष शेखर गोल्छाले साना उद्यमीहरुका लागि ऐतिहासिक सम्झौता भएको बताए । यसबाट महासंघ ठूला व्यवसायीका लागि मात्रै नभएर साना व्यवसायीका समस्या समाधानमा समेत प्रतिवद्ध छ भन्ने प्रमाणित गरेको गोल्छाले भने ।  

 

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले देशभर ४ वटा स्थानीय तह बाहेक सबैमा वाणिज्य बैंकका शाखा पुगिसकेकाले लघु घरेलु तथा साना उद्यमहरुलाई सहजै एसएमई बैंकिङ सेवा दिन कुनै समस्या नहुने बताए । 

 


वित्तीय साक्षरताका लागि आवश्यकता अनुसार प्रदेश स्तरमा कार्यक्रम गर्ने पनि सम्झौतामा उल्लेख छ । यो सम्झौता दुई वर्षका लागि लागू हुने र आवश्यकता अनुसार थप गर्न अथवा दुई महिनाको सूचना दिएर कुनै एकपक्षले भङ्ग गर्न सकिने व्यवस्था पनि गरिएको छ ।  

प्रतिक्रिया

सम्बन्धित समाचार सबै