Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

खान अयोग्य चिनी आयात गर्ने कम्पनीलाई राजस्व अनुसन्धानको मुद्दा

 

 

काठमाडौं । राजस्व अनुसन्धान विभागले खान अयोग्य चिनी आयात गर्ने पोखरास्थित अनुस्का मल्टिप्रपोज कम्पनीका प्रोपाइटर शिवलाल तिमल्सिनासहित ३ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । गलत विवरण घोषणा गरी राजस्व छली गरेको आरोपमा उनीहरुविरुद्ध उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा गत आइतबार मुद्दा दर्ता गरिएको हो । 

 

विभागले उनीहरुविरुद्ध एक करोड ८२ लाख ५३ हजार बिगो असुल गरी जरिवाना र कैद सजायको मागसमेत गरेको छ । यस्तै, भारत घर भई हाल ललितपुर महानगरपालिका–२ सानेपा बस्ने कविला सप्लायर्स सेन्टरका नवल किशोर चौधरीविरुद्ध पनि विभागले मुद्दा दायर गरेको छ । उनीविरुद्ध २ करोड १४ लाख बिगो असुल र जरिवना तथा कैद सजायको माग गरी उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको हो । 

 

यस्तै, धनुषा घर भई सानेपा बस्ने शिवम प्याकेजिङ एण्ड सप्लायर्सका प्रोप्राईटर सीतादेवी जयसवालबाट ५ करोड ८८ लाख र रौतहट घर भई काठमाडौंको कागेश्वरी मनोहरा–९, काँडाघारी बस्ने जय श्रीगौतम सप्लायर्सका प्रोप्राईटर मुकेशप्रसाद चौधरीबाट ५ करोड ३२ लाख विगो असुल गरी जरिवाना र कैद मागदाबी लिई ५ पुसमा उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको छ ।

 

तीनै कम्पनीले झूूठा तथा नक्कली कर बिजक खरिद देखाई सोही अनुसार आयकरतर्फ खरिद खर्च लिएको र मूल्य अभिवृद्धि करतर्फ कर फिर्ता लिई कानुन बमोजिम नेपाल सरकारलाई तिर्नु बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर र आयकर छली राजस्व चुहावट गरेको विभागले जनाएको छ ।

 

कविलाले मू.अ.करतर्फ रु. ६४ लाख र आयकरतर्फ एक करोड ५० लाख, शिवमले. मू.अ.करतर्फ २ करोड र आयकरतर्फ ३ करोड ३७ लाख र लाभांशतर्फ ४९ लाख, जय श्रीगौले मूू.अ.करतर्फ १ करोड ६२ लाख  र आयकरतर्फ ३ करोड ६९ लाख राजस्व चुहावट गरेको विभागले जनाएको छ । 

 

यस्तै, बारा बुनियाबाद गाउँपालिका–१ शिवम ट्रेडर्स एण्ड सप्लायर्सका प्रोप्राइटर जगदिश सहनी मलाहसहित ७ जनाबाट चार करोड ७९ लाख ६९ हजार बिगो असुल गरी जरिवाना र कैद माग दावी गर्दै विभागले उच्च अदालत पाटनमा पुस १ मा मुद्दा दर्ता गरेको छ । 

 

कम्पनीले वस्तु तथा सेवा खरिद नै नगरी झूूठा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धितर्फ एक करोड ५९ लाख २५ हजार, आयकरतर्फ ३ करोड २० लाख ४४ हजार राजस्व चुहावट गरेको विभागको भनाइ छ । 

 

गत जेठमा खाद्य तथा गुण नियन्त्रण विभागले दिएको पत्रको बहानामा राजस्व अनुसन्धान कार्यालय पथलैयाले बजारमा पठाउन लागेको चिनी तथा कागजपत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडाको टोलीले नियन्त्रणमा लिएको थियो ।

 

उक्त चिनी अनुस्का मल्टिप्रपोज कम्पनी प्रालिे भारतको सिम्भावली सुगर लिमिटेडबाट आयात गरेको प्रज्ञापनपत्र उल्लेख गरिएको थियो । चिनीको बोरामध्ये कुनैमा म्याद उल्लेख नभएको, कुनैमा २०१८/२०१९ उल्लेख भएको र कुनै बोरामा आफैँले कलमले लेखेको उल्लेख गरिएको पाइएको थियो । 

 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

प्रधानसेनापतिको शुद्धीकरण अभियान, सालालाई *४५ अर्व रुपैयाँको ठेक्का ! 

नेपाली सेनाले काठमाडौं तराई–मधेश द्रुत मार्ग (एक्सप्रेस वे) का  दुई चरण (फेज) को कामका लागि ठेकेदार कम्पनी छनौटगर्दा आफैले बनाएको मापदण्ड लत्याएर  आफखुसी गरेको खुलासा भएक...

पुस १०, २०७७