Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

जम्मुकश्मीरको अवस्थाबारे ‘कश्मीर सोलिडारिटी डे’मा छलफल


नेपालस्थित पाकिस्तान दूतावासले कश्मीर सोलिडारिटी डेको अवसरमा शुक्रबार छलफल आयोजना गरेको छ । कार्यक्रममा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्रीको सन्देश पढेर सुनाइएको थियो । 

 

आफ्नो सन्देशमा पाकिस्तानका राष्ट्रपति अरिफ अल्वीले कश्मीरी जनताको आत्मनिर्णयको संघर्षमा पाकिस्तानको सधैं साथ रहने प्रतिबद्धता व्यक्त गरेका छन् । यस्तै, पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो सन्देशमा कश्मीरका जनताले आत्मनिर्णयको अधिकार प्राप्त नगरेसम्म पाकिस्तानले साथ दिइरहने जनाएका छन् । 

 

उनले विवादित क्षेत्रका रुपमा मान्यताप्राप्त कश्मीरमा भारतले सेनाको उपस्थिति र अवरोधहरु तुरुन्त हटाउन पनि माग गरे । उनले मानवअधिकारवादी संस्था तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई कश्मीर क्षेत्रमा मानअधिकारको अवस्था अध्ययन तथा अनुगमन गर्न पनि आह्वान गरे ।

 

आफ्नो सन्देशमा पाकिस्तानका विदेशमन्त्री साह महमुद कुरेसीले भारतीय सेनाले अवैध रुपमा जम्मुकश्मीर कब्जा गरेको १८ महिना पुगेको जनाए । यस क्रममा त्यहाँ सञ्चार अवरुद्ध गरिएको र बासिन्दाले कष्टपूर्ण जीवन जिउनुपरेको उनले बताए । संयुक्त राष्ट्र संघको सुरषा परिषद्का अनुसार कश्मीरी जनताको आत्मनिर्णयको संघर्षलाई पाकिस्तानको सधैं साथ रहने उनले दोहो¥याए ।

 

 

नेपालका लागि पाकिस्तानी राजदुत सैयद हैदर साहरेलले लामो समयदेखि कश्मीर क्षेत्रको विवाद रहे पनि अझैसम्म टुंगिनसकेको बारे चर्चा गरेका थिए । कार्यक्रममा मानवअधिकारवादी लगायत सहभागीले जम्मुकश्मीर क्षेत्रमा बिग्रिँदो अवस्थाबारे चिन्ता व्यक्त गरेका थिए । 

 

कार्यक्रममा मानवअधिकारवादी, लेखक, विश्लेषकहरु सहभागी थिए ।  
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै