Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गर्छ : कांग्रेस नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनःस्थापना गर्ने विश्वास व्यक्त गरेका छन् । 

 

 

मंगलबार जनता समाजवादी पार्टी, नेपालले आयोजना गरेको सरकारको असंवैधानिक कदम र राजनीतिक संकट विषय अन्तत्र्रिmयामा वरिष्ठ नेता पौडेलले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्ने विश्वास व्यक्त गरेका हुन् । 

 

 

कुनै कानूनी तथा संवैधानिक आधारविना नै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभाको विघटन गरेकाले सर्वोच्च अदालतले संविधानको भावनाअनुसार नै व्याख्या गरेर प्रतिनिधिसभालाई पुनःस्थापना गर्ने विश्वास रहेको बताए  ।

 

 

वरिष्ठ नेता पौडेलले कुनै नेताको महत्वाकांक्षामा ठेस लाग्यो भने पनि प्रतिनिधिसभामाथि रिस पोख्ने तथा प्रतिनिधिसभालाई खेलौना बनाउने प्रवृत्तिको अन्त्य गर्न संसदीय प्रणालीलाई सुधार गर्दै प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न नपाउने व्यवस्था संविधानमा गरिएको पनि बताए । 

 

 

संविधानमा संसद विघटनको विशेषाधिकार प्रधानमन्त्रीलाई नभएको भन्दै यसका निम्ति आफूहरु अदालतमा गएर बहस गर्नुपर्छ भने पनि तयार रहेको उनको भनाइ छ । 

 

 

उनले प्रतिनिधिसभा विघटनको कदमविरुद्ध नेपाली कांग्रेस देशभर आन्दोलनमा होमिएको पनि बताए । देशभरका वडा, पालिका तथा प्रदेश स्तरमा विरोधका कार्यक्रम राखिएको र आवश्यक परे राजधानी केन्द्रित भएर पनि आउनसक्ने बताए ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै