Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

ललितपुर मालपोतका दुई कर्मचारी ४० हजार घुससहित पक्राउ


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुरमा कार्यरत दुई कर्मचारीलाई मंगलबार घुस रकमसहित पक्राउ गरेको छ । 

 

पक्राउ पर्नेमा नायब सुब्बा मन्दिप कुमार श्रेष्ठ र लेखापढी व्यवसायसमेतको काम गर्ने रमेशलाल श्रेष्ठ छन् । उनीहरुको साथबाट ४० हजार रकम बरामद भएको आयोगले जनाएको छ ।

 

उनीहरुले सेवाग्राहीको जग्गा हालसाविकको क्रममा ट्रायल चेक गर्दा नक्सा अनुसार क्षेत्रफल बढी भएको भनी त्यसलाई मिलाउन अतिरिक्त रकम माग गरेका थिए ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै