Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

काठमाडौं प्रहरीलाई ‘राजधानी प्रहरी’ को अवधारणा अनुसार अघि बढाउदै छौं–एसएसपी सिंह (भिडियाे अन्तर्वार्ता)

 

-->

महानगरीय प्रहरी परिसर काठमाडौंको नेतृत्व गरिरहेका एसएसपी अशोक सिंह उपत्यकाका विभिन्न इकाईहरुमा बसिसकेका अनभवी प्रहरी अधिकारी हुन् । 


देशका प्रमुख शहरहरुमा गुण्डागर्दी र अपराध नियन्त्रणमा महत्वपूर्ण भुमिका खेलेका एसएसपी सिंहले काठमाडौं प्रहरीलाई नागरिक मैत्री र पीडित केन्द्रीत अनुसन्धानमा केन्द्रीत प्रहरीका अरुपमा विकासगर्दै लगेको दाबी गर्छन् । 

 

उनले योसँगै साना प्रहरी कर्मचारीको गुनासो सम्बोधन सहित हरेक इकाईका प्रहरी अधिकारीहरुलाई आफैमा ‘रोल मोडल’ बनाउदैं व्यवसायिक प्रहरीको छबी निर्माणमा आफु खटिएको बताए । 

 


सुरक्षाको दृष्टिकोणमा काठमाडौँ उपत्यका अन्य क्षेत्र भन्दा बढी संबेदनशील र चुनौतीपूर्ण छ । देशको संघिय राजधानी साथै विशिष्ट व्यक्तिहरु बस्ने तथा जनघनत्व पनि बढी छ । जसले  अपराधको घटना दुर्घटनाको दर बढाउछ । 

 

एसएसपी सिंहले न्युज एजेन्सी नेपालसँगको सम्बादमा काठमाडौँको सुरक्षा,प्रहरी आचरण आफ्नो काम गराई बारे यसरी खुलाए ।

 

सम्बादको क्रममा बरिष्ठ उपरीक्षक सिंहले बिकशित राजनैतिक घटनाक्रमले सुरक्षा चुनौतीलाई बढाएको बताउदैं शान्तिपूर्ण विरोधका कार्यक्रममा घूसपैठ हुने सम्भावना पनि उत्तिकै भएकाले सबै पक्षलाई सचेत हुन आग्रह गरे । 

 

हेरौं एसएसपी अशोक सिंहसँगको विशेष वार्ताः  

प्रतिक्रिया

108
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै