Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

चन्द समूहका भरतपुर महानगरपालिका संयोजक श्रेष्ठ पक्राउ


नेत्रविक्रम चन्द समूहका भरतपुर महानगरपालिका संयोजक सुमन श्रेष्ठलाई चितवन प्रहरीले पक्राउ गरेको छ । धादिङ गल्छी गाउँपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–११ बस्ने २४ वर्षीय श्रेष्ठलाई गत शुक्रबार पक्राउ गरेको हो ।

 

अखिल (क्रान्तिकारी) चितवनका सचिवालय सदस्य समेत रहेका श्रेष्ठलाई नेपाल बन्दको अफवाह फैलाएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । श्रेष्ठलाई ७ दिन हिरासतमा राख्न जिल्ला अदालतबाट आइतबार अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै