Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

चार हिमाल सफाइबाट सेनाले संकलन गर्‍यो १३ हजार किलो फोहोर 

नेपाली सेनाले ‘सफा हिमाल अभियान २०२२’ अन्तर्गत विभिन्न चार हिमालबाट १३ हजार किलो फोहोर संकलन गरेको छ ।

 

नेपाली सेनाले दिएको जानकारीअनुसार जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य अनुरुप नेपाली सेनाको अगुवाईमा भएको अभियानअन्तर्गत खटिएको नेपाली सेना तथा सेवा प्रदायकका टोलीले बुधबारसम्ममा उक्त मात्रामा फोहोर संकलन गरेका हुन् । 

 


सेनाले सगरमाथा ल्होत्से, कञ्चनजंघा र मनास्लु गरी चारवटा हिमाल सफाइ गरेको हो । सेनाका अनुसार समग्रमा  १ हजार ५१३ किलो कुहिने र १२ हजार २६८ किलो नकुहिने फोहोर संकलन गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै