Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

नेकपा अध्यक्ष दाहालविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता


अदालतको अवहेलना गरेको भन्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहालविरूद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । नेकपाको दाहाल–नेपाल समूहले विराटनगरमा आयोजना गरेको सभामा दाहालले दिएको अभिव्यक्तिविरुद्ध मुद्दा दर्ता गरिएको हो ।  

 

अधिवक्ता समिर हायूले दर्ता गरेको मुद्दाको मंगलबार पेशी तोकिएको छ । अदालतमा विचाराधीन मुद्दामा टिप्पणी गरेको भन्दै अधिवक्ता हायुले सर्वोच्चमा मुद्दा दायर गरेका हुन् । दाहालले सर्वोच्चमा मुद्दा परेका कारण धैर्यपूर्वक बसेको बताएका थिए ।

 

‘हामीले धैर्यपूर्वक सर्वोच्चले संविधानको मर्म र भावनाअनुसार लोकतन्त्रको मर्म र भावना अनुसार, यो देशको जनताको भावना र आवश्यकता अनुसार गर्छ भनेर भरोसा गरेर बसेका छौं, जरूरी प¥यो भने म आज विराटनगरबाट भन्दै छु । देशैले सुने हुन्छ, जरूरी प¥यो भने हामी संसदको बैठक बस्छौं र यस्ता अपराधीहरूलाई कारबाही गर्छौं । संविधानले हामीलाई संसदको बैठक बस्ने अधिकार दिएको छ । केपी ओलीलाई विघटनको अधिकार दिएको छैन,’ दाहालले भनेका थिए ।

 

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, चार पूर्व प्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध पनि अदालतमा अवहेलनाको मुद्दा दायर भएको छ । अदालतको अवहेलना मुद्दामा आफैं उपस्थित भएर जवाफ दिन उनीहरुलाई सर्वोच्चले आदेश दिइसकेको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

मोरङमा शिक्षकको गोली हानी हत्या, विप्लव समुहको संलग्नताको आशंका 

मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खेमा शिक्षकको गोली हानी हत्या भएको छ । बर्खे जंगलमा उनको शव भेटिएको मोरङ प्रहरीले जनाएको छ । 

माघ १९, २०७७

चिनियाँ रक्षामन्त्री र गृहमन्त्रीले जव कुइनो मिलाए

अहिले कोभिड–१९ को महामारीपछि नमस्तेसँगै नयाँ पुस्तामा यो कुम मिलाउने चलन फस्टाएको छ । तर चीनको जनसेनाका उच्च तहमा रहेका फेङहेले नै यति सहज रुपमा कुम अघि सारेको देख्दा उनक...

माघ १९, २०७७