Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

केहीबेरमा एमाले बैठक बस्दै, नेपाल समूहलाई थप कारबाही हुनसक्ने

 

सत्तारुढ दल नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

 

पार्टी अध्यक्ष ओलीले गत फागुन २८ गते केन्द्रीय समितिलाई नै महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेका थिए।

 

बिहान ११ बजेदेखि बस्ने बैठकले गत बैशाख ६ गते बसेको बैठकलाई नै निरन्तरता दिनेछ । त्यसदिन बैठकले प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जना माधवपक्षीय नेतालाई  स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

 

जसमा माधव नेपालसहितका शीर्ष नेताहरु सामेल थिए । आजको बैठकमा नेताहरुले बुझाएको स्पष्टीकरणमाथि छलफल हुने र थप कारबाहीको निर्णय हुन सक्ने  बताइएको छ।

 

विगत दुई दिनयता पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपालबीच भेटवार्ता भएको थियो । तर उक्त भेटवार्ता सोहार्दपूर्ण नरहेको बताएका छन् । नेपाल समूहले देशभरि समानान्तर कमिटीहरु निर्माण गरिरहेको छ । 

 

एमाले प्रवेश गरेका माओवादी केन्द्रका नेतालाई समेत राखेर समिति गठन गरेसँगै एमालेमा विवादले चर्को रुप लिएको हो । नेपाल पक्षले सोही निर्णय सच्याउन आग्रह गर्दै आए पनि अध्यक्ष ओली मान्य तयार छैनन् । 

 

त्यसपछि देशभर नेपाल समूहले समानान्तर कमिटी निर्माण गर्न थालेपछि पार्टी हित विपरित भन्दै ओली समूहले नेपाल समूहलाई स्पष्टिकरण सोधिसकेको छ । नेपालसहितका शीर्ष नेताहरुलाई ६ महिना निलम्बन समेत गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै