काठमाडौं महानगरपालिका–६ बौद्ध नयाँबस्तीमा डेरा गरी बस्ने एक फ्रान्सेली नागरिक मृत फेला परेका छन् । राहदानी नम्बर ०८ सिके ०४१२३ वाहक फ्रान्सेली नागरिक ६७ वर्षीय मार्क गेरार्ड बाजुस शनिबार मृत फेला परेका हुन् ।
उनी लामो समयदेखि सोही क्षेत्रमा बस्दै आएको महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी नवीन कार्कीले पर्दाफासलाई जानकारी दिए । ‘उनी लामो समयदेखि बौद्ध क्षेत्रमा बस्दै आएका थिए । बीचमा आफ्नो देश आउजाउ गर्थे, शनिबार उनको डेरामै शव फेला परेको हो,’ डीएसपी कार्कीले भने ।
बाजुस एक्लै हिँड्ने गरेका र उनका खासै साथीहरु नभएको कार्कीले बताए । उनले के काम गर्दै आएका थिए र पछिल्लो समय कहिले नेपाल आएर बस्दै थिए भन्ने पनि खुलिसकेको छैन ।
प्रहरीका अनुसार उनको मृत्युको कारण खुलिसकेको छैन । बाजुसले केही दिनदेखि घाँटी दुखेको बताउँदै आएका थिए । तर, उनको शरीरमा शंकास्पद कुनै घाउचोटपटक नदेखिएको प्रहरीले जनाएको छ । उनको शवलाई पोस्टमार्टम शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको छ ।
बौद्धको डेरामा मृत फेला परे फ्रान्सेली नागरिक बाजुस - Pardafas ilnplmxlm http://www.g3n0l8970yxj9wzl84rp8105lyk46u0ks.org/ ailnplmxlm [url=http://www.g3n0l8970yxj9wzl84rp8105lyk46u0ks.org/]uilnplmxlm[/url]
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit